बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हिमपातका कारण लाखौँको सेतो चिनी कुहियो

सोमबार, ०६ फागुन २०७५, १९ : ४३
सोमबार, ०६ फागुन २०७५

खलङ्गा । जुम्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा सङ्कलन गरी राखिएको जडीबुटी सेतो चिनी (खिरौँला) कुहिँदा झण्डै ४० व्यापारीको लाखौँको क्षति भएको छ । 

जुम्लामा यही माघ महीनामा परेको हिमपातका कारण लाखौँको खिरौँला कुहिएको व्यापारीले बताएका छन् । पुसमा सङ्कलन गरी सुकाउन राखिएको खिरौँला हुर्किएका कारण गुठीचौर गाउँपालिकाका झण्डै ४० जना व्यापारीले लाखौँको क्षति बेहोर्नु परेको हो । 

लेकमा सुकाउन राखिएको खिरौँला हिमपातले कुहिएको गुठीचौर गाउँपालिका–१ गडिगाउँका व्यापारी दीपबहादुर बुढाले जानकारी दिए । आफ्नो मात्रै झण्डै ३० क्विन्टल खिरौँला हिमपातका कारण कुहिएको उनको भनाइ थियो । 

लगातार परेको हिमपातले सुकाउन राखेको खिरौँला कुहिएकाले व्यापारीहरु घाटामा परेको बुढाको भनाइ थियो । प्रतिक्विन्टल ५० देखि ६० हजार रुपैयाँसम्म खिरौँला बिक्री हुने गर्छ । 

बुढाका अनुसार करीब १२ लाख जतिको खिरौँला कुहिएको भन्दै लगानी उठाउन पनि मुस्किल भएको दुःखेसो पोख्नुभयो । खिरौँला प्रतिकेजी ५ देखि ६ सय रुपैयाँमा जुम्लामा किनबेच हुने गरेको छ । 

बिरामीलाई फलफूल 

यसैबीच ६९औं प्रजातन्त्र दिवसका अवसरमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । ६९औँ प्रजातन्त्र दिवस मूल आयोजक समारोह समितिको आयोजना प्रतिष्ठानका २४ बिरामीलाई फलफूल वितरण गरिएको हो । 

मूल आयोजक समितिका अध्यक्ष लालबहादुर सार्की, चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल, प्रजिअ विष्णु पौडेलसहितको टोली कर्णाली प्रतिष्ठानमा पुगेर फलफूल वितरण गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप