बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सामूहिक बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या

सोमबार, ०६ फागुन २०७५, १९ : ३५
सोमबार, ०६ फागुन २०७५

धनुषा । आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ । 

मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया बालिका दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो । 

फागुन १ गते गाउँमै बिहेभोज खान गएकी उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो । 

घटनाबारे प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो । 

‘हत्यारा नजिक पुगेका छौँ’, प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले भने । घटनामा संलग्न रहेको आशङ्कामा केही व्यक्ति पक्राउ परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप