सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब यूकेबाट पनि
काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब बेलायतबाट पनि सुरु भएको छ । यो सेवा सुरु भए लगत्तै बेलायतबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर, बेलायतबाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ् मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने छ । हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर, यूकेको तर्फबाट प्रबन्ध निर्देशक करम बहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
सिटी एक्सप्रेस नेपालले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजार भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री
-
स्टोइनिसले बनाए नयाँ कीर्तिमान