शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल बारको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता, कसले मार्ला बाजी ?

सोमबार, ०६ फागुन २०७५, १५ : ५५
सोमबार, ०६ फागुन २०७५

काठमाडौं–कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि सोमबार (आज) मनोनयन दर्ता गरिएको छ । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानुन व्यवसायी र प्रम्ुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट कानुन व्यवसायीहरुले प्यानलकै बनाएर उम्मेदवारी दिएका हुन् । 
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट कानुन व्यवसायीको संगठन नेपाल लयर्स एशोसिएसन (एनएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले नेपाल बार एशोसिएशनको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 
यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्र्याटिक लयर्स एशोशिएसन (डिलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 

आ–आफ्नो प्यानलसहित उम्मेदवार दिएपछि नेपाल बार एशोसिएशनको परिसरमा दुवै अध्यक्षले न्यायपालिका भित्रको भ्रष्टाचारलगायतका विकृति र विसंगतिको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
 एनएलएको तर्फबाट अध्यक्षको उम्मेदवार दिएका वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपाल बार एशोसिएशनलाई सबल बनाउन  आफूले प्यानलसहित उम्मेदवारी दिएको स्पष्ट पारे । 
उनले निष्ठावान कानुन व्यवसायीहरु आवश्यक रहेकाले त्यसको पूर्तिका लागि पनि आफूले अध्यक्षमा उम्मेदवारी दिएको पनि बताए ।

यता, डिएलएका तर्फका अध्यक्षको उम्मेदवार बनेका पोखरेलले स्वतन्त्र न्यायालयको गरिमालाई बचाउन आफूले प्यानलसहित उम्मेदवारी दिएको बताए । उनले कानुन व्यवसायीहरुको हित सुनिश्चित गर्न पनि लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आगामी चैत्र १६ गते शनिबार काठमाडौंमा निर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि सोमबार उम्मेदवारी दिइएको हो । जस अनुसार एनएलएबाट श्रेष्ठले अध्यक्ष र महासचिव सुरेन्द्रबहादुर थापाले उम्मेदवारी दिएका छन् भने डिएलएबाट अध्यक्षमा पोखरेल र महासचिवमा लिलामणि पौडेलले उम्मेदवारी दिएका छन् । 

बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक÷एक जना सहित ८ जना उपाध्यक्ष तथा १४ जना सदस्यका लागि निर्वाचन हुनेछ । 

२५ सदस्यीय नयाँ नेतृत्वको लागि दुवै पक्षले आ–आफ्नो पक्षबाट उम्मेदवारी दिएका छन । निर्वाचनमा सत्तारुढ नेकपा निकट कानुन व्यवसायीहरुको संगठन एनएलएले नेपाल बारलाई सवल बनाउने एजेन्डालाई जोड दिएको छ भने काँग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डिएलएले स्वतन्त्र न्यायालय कायम राख्ने एजेन्डालाई अघि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप