दुर्घटनामा घाइते बाराका प्रजिअको उपचारको क्रममा निधन
सोमबार, ०६ फागुन २०७५, १५ : १४
दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईको उपचारको क्रममा सोमबार निधन भएको छ ।
गत माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिकै उनी सवार ना १ झ १६३३ नम्बरको स्कर्पियो जीप दुर्घटनामा परेको थियो ।
उपचारका लागि काठमाडौँ ल्याइएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल प्रशासन प्रमुख सूर्य प्रसाद अधिकारीले जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईंले सोमबार दिउँसो भट्टराईको निधन भएको पुष्टि गरे ।
उक्त दुर्घटनामा सशस्त्र प्रहरी बलको १२ नम्बर गणका प्रहरी उपरीक्षक बलराम पोखरेलको दुर्घटनास्थलमा नै निधन भएको थियो ।
यता, भट्टराईको परिवारले भने दुर्घटना नियोजित भएको आरोप लगाएका छन् ।
बाराका सिडिओ र एसपी सवार गाडी दुर्घटना प्रकरण रहस्यमय, प्रहरीमा पर्यो उजुरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी