शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघमा ३२ वर्षे उमेरहद लगाउन कुन्दन काफ्लेको माग

सोमबार, ०६ फागुन २०७५, १३ : ५८
सोमबार, ०६ फागुन २०७५

काठमाडौँ– नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेर हद लगाउन माग गरेका हुन् । 

‘विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन’ –उनले भने । तदर्थ समितिले ६ महिनाभित्रै महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप उपाध्यक्ष समेत रहेका   रामप्रसाद अधिकारीको थियो । वि.सं. २०७३ भदौ ४ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दुई वर्ष पाँच महिना काम गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप