बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘गोपी’द्वारा उत्कृष्ट कविता पुरस्कृत

सोमबार, ०६ फागुन २०७५, १२ : १६
सोमबार, ०६ फागुन २०७५

काठमाडौं –‘गोपी’ फिल्म युनिटले कविता लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा र निर्माता मणिकर्ण केसीले काठमाडौं एक कार्यक्रम गर्दै विजेताहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरे ।

सहभागीले ‘गोपी’को ट्रेलर हेरेर स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता सिर्जना गरेका थिए । प्रतियोगितामा क्षितिज समर्पणको कविता ‘अस्थिपञ्जर हुनु अघि’ले सर्वोत्कृष्ट हुँदै प्रथम पुरस्कार जितेको थियो ।
त्यस्तै निरज दाहालको ‘स्वावलम्बी झन्डा’ द्वितीय र सुमन थापा मगरको ‘फर्किउ तिमी’ कविताले तृतीय पुरस्कार जित्न सफल भएका थिए ।

प्रथम, द्वितीय र तृतीय भएका कविहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । सबै कविताको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले गरेका हुन् । 

आयोजक आरोही इन्टरटेनमेन्टका अनुसार प्रतियोगिताका लागि २ सयभन्दा बढी कविता प्राप्त भएको थियो । ती कविताबाट निर्णायकद्वयले उत्कृष्ट १० छानेर प्रथम, द्वितीय र तृतीय विजेताको छनोट गरेका थिए । 

उत्कृष्ट १० परेका बाँकी सातवटा कवितालाई सान्त्वनास्वरुप ५–५ हजार रुपैयाँ प्रदान गरिएको छ । सान्त्वना पुरस्कार पाउन सफल कवितामा मदन पन्थीको ‘श्रमको शरम’, दीपक पाण्डेयको ‘सपनाको फाँटबारी’, रमा फुयालको ‘तिम्रो पर्खाइमा’, प्रकाश आचार्यको ‘संकल्प’, शुभचन्द्र राईको ‘समयको आह्वान’, निखिल पाण्डेको ‘आधुनिक मदन’ र नवराज अधिकारीको ‘गोपी बनुँ मै पनि’ छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप