नबिलले १० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयर बनाउने, लाभांश पारित गराउन डाक्यो साधारणसभा
सोमबार, ०६ फागुन २०७५, ११ : ५८
काठमाडाैं-नबिल बैंकले लाभांश प्रस्ताव पारित गराउन फागुन २७ गते साधारण सभा बोलाएको छ ।
बैंकले साधारणसभामा २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजादैछ । बोनस सेयर वितरण पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८४ लाख ७ हजार ५ सय २० रुपैयाँ हुनेछ ।
बैंकले तत्कालीन सेयरधनी एनआइडिसी डेभलपमेन्ट बैंकको साविकको १० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव सभामा लैजानेछ ।
सर्वसाधारण सेयरधनीमा रुपान्तरण गर्न सञ्चालक समितिको सिफारिसमा नेपाल राष्ट्र बैंकको स्विकृतिका लागि समेत निवेदन दिइसकेको छ । त्यसको लागि आवश्यक स्विकृतिसमेत प्राप्त भइसकेको बैंकले भनेको छ । बैंकले साधारण सभाका लागि फागुन १४ गते बुक क्लोज गर्नेछ ।
चालु आवको दोस्रो त्रैमासम्म बैंकको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै