शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्रिटेनका सर्वाधिक धनी व्यक्ति चार खर्ब कर नतिर्नका लागि मोनाकामा सर्ने

सोमबार, ०६ फागुन २०७५, ०९ : ३६
सोमबार, ०६ फागुन २०७५

ब्रिटेनका सर्वाधिक धनी व्यक्ति जेम्स रेटक्लिपले युके छोड्ने तयारी गरिरहेका छन् । उनी मोनाकोमा सर्न लागेको बताइन्छ । उनी चार अर्ब डलर (करिब चार खर्ब रुपैयाँ) कर तिर्नबाट बच्चका लागि यस्तो गरिरहेको विभिन्न रिपोर्टले दाबी गरेका छन् ।

भूमध्य सागरको किनारामा बसेको मोनाकोलाई करबाट बचाउने देशको रुपमा लिइन्छ । रेटक्लिफ ब्रेग्जिट (ब्रिटेनलाई युरोपेली युनियनबाट अलग्गयाउनु) का समर्थक हुन् । उनी युरोपेली युनियनका कडा नियमको विरोधी पनि हुन् ।

 करमुक्त गर्नेबारे छलफल जारीः

रेटक्लिफ ब्रिटेन सरकारलाई कर मुक्त बनाउने बारे छलफल गरिरहेका थिए । यदि यसमा उनले सफलता पाए भने उनका कम्पनीका दुई अधिकारी एन्डी क्यूरी र जोन रिसले १० अर्ब डलरको ‘ट्याक्स फ्री’ रकम पाउन सक्छन् ।

रेटक्लिप त्यतिबेला चर्चामा आएका थिए जब उनले करको विषयमा कडा नियम बनाउँदा युरोपेली युनियन (इयु) को कडा आलोचना गरेका थिए । साथै इयूलाई ग्रीन ट्याक्स लगाएको विषयलाई बकवास बताउँदै यसले युरोपको रासायनिक कम्पनी समाप्त हुने बताएका थिए ।

यस्तै, लिबरल डेमोक्रेट पार्टीका नेता  विन्स केबलले जेम्सले देश छोडेर जान लागेको कुरा गलत भएको बताएका छन् ।

रेटक्लिफ एक रासायनिक कम्पनी इनियोसका मालिक हुन् । यसको वार्षिक टर्नओभर ४५ अर्ब पाउन्ड हो । कम्पनीको २२ देशमा १८ हजार बढी कर्मचारी छन् । कम्पनीका उत्पादन पानी सफा गर्ने, टुथपेस्ट र एन्टीबायोटिक्स बनाउने, घरको सुरक्षा र फुड प्याकेजिङमा प्रयोग हुन्छन् ।

रेटक्लिफले सुरुमा सरकारी सहयोग पनि पाएका थिए । उनले सन् २०१४ मा एक ग्यास कम्पनी स्थापित गर्नका लागि सरकारबाट २३ करोड पाउन्ड ऋण पनि लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप