बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घाइते पार्वतीलाई बचाउ अभियान सुरु

सोमबार, ०६ फागुन २०७५, ०८ : ५८
सोमबार, ०६ फागुन २०७५

डाेटी -  जिल्लाको सायल गाउपालिका, ३ बस्ने हरिपाल थापाकी ८ महिनाकी गर्भवती श्रीमती पार्वती विष्ट (थापा) फागुन १ गते घर नजिकैको जङ्गलमा घास काट्न गएको बेला भिरबाट लडेर गम्भीर घाइते भइन् । 

दूरदराजका महिलाहरुलाई सुत्केरी अवस्थामा जटिल अवस्थामा पुगे हेलिकप्टरको माध्यमबाट सरकारले सेवा प्रदान गर्दै सुरक्षित स्थानसम्म पु-याउने बताइरहेका बेला डोटीको दुर्गम मानिने सायल गाउँपालिका क्षेत्रमा ज्यान खतरा हुँदासम्म उद्दार हुन सकेन । स्थानीयवासी तथा नेकपाका नेता तेज डुम्रेलका अनुसार पाँच घण्टासम्म गाउँको स्थानीय स्वास्थ्य चौकीमा हेलिकप्टर आउँछ भन्दै राखे पनि नआउँदा थप उपचारका लागि बाहिर पठाइएको थियो । 

हेलिकप्टर मगाउन स्थानीय तहले सिफारिस नगर्दा समस्या भएको पीडित पक्षको गुनासो छ । गाँउमा केही नभएपछि स्थानीयको सहयोगमा घाइते थापालाई उपचारका लागि डोटीको दिपालय पिपल्लास्थित शैलेश्वरी अस्पतालमा पु-याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि शिक्षण अस्पताल काठमाडौँ पु-याइएको उनका श्रीमान् हरिपालले बताए । आर्थिक अवस्था कमजोर भएकाले श्रीमती बचाउन हरिपालले सहयाेग गर्न आग्रह गरेका छन् ।

हरिपालको आग्रहपछि अहिले डोटीमा पार्वती बचाउन अभियान सुरु गरिएको स्थानीय तथा नेकपाका नेता तेज डुम्रेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप