बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमबाप्पेको निर्णायक गोल, पीएसजी विजयी

सोमबार, ०६ फागुन २०७५, ०८ : ३७
सोमबार, ०६ फागुन २०७५

एजेन्सी – युवा स्ट्राइकर केलियन एमबाप्पेले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिगमा आइतबार राति सेन्ट इटिनेलाई १–० गोलले पराजित गरेको छ । 

एमबाप्पेले ७३औं मिनेटमा ड्यानी आल्भेसको पासमा उत्कृष्ट गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली सेन्ट इटिनेले पीएसजीलाई केही दवाव दिएपनि गोल फर्काएन सकेन । स्टार खेलाडी नेमार र एडिन्सन काभानी घाइते हुँदा पीएसजीलाई अहिले गाह्रो परिरहेको छ । 

तरपनि लिगमा पीएसजीले शीर्ष स्थान थप बलियो बनाउँदै लगेको छ । 

जितसँगै पीएसजीले २३ खेलबाट ६२ अंक बनाएको छ । पीएसजी दोस्रो स्थानमा रहेको लिलेभन्दा १२ अंकले अगाडी छ । लिलेले २५ खेलबाट ५० अंक बनाएको छ । आइतबार रातिनै भएको खेलमा लिले मोन्टपेलियरसँग गोलरहित बराबरीमा रोकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप