शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीनदिनसम्म प्रजातन्त्र दिवस मनाइने

सोमबार, ०६ फागुन २०७५, ०८ : २३
सोमबार, ०६ फागुन २०७५

विराटनगर – ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ । 

समितिले तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीपावली, प्रभातफेरी, सरसफाइ गर्ने र बाल सुधारगृह तथा कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गर्ने निर्णय गरेको छ भने नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले विभिन्न सञ्चारमाध्यममा प्रजातन्त्र र लोकतन्त्रका विषयमा संवाद एवं अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रजातन्त्र दिवस मनाउन प्राप्त साधन र स्रोतको उच्चतम प्रयोग गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप