शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोठा भाडा तिर्ने पैसा नभएपछि नातिको साथमा शौचालयको बास

सोमबार, ०६ फागुन २०७५, ०८ : १८
सोमबार, ०६ फागुन २०७५

म्याग्दी - बेनी नगरपालिका, २ तमानेकी ७५ वर्षीय जमुना सुनार शौचालयमा बसेर दुई नातिलाई हुर्काइ पढाई गर्दै आएकी छिन् । सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका कान्दा छोराबुहारी बेखबर भएपछि वृद्धा जमुनाकाको काँधमा नौ र सात वर्षीय नातिहरुको पालनपोषणको जिम्मेवारी आइपरेको हो । गत मंसिरदेखि बगरफाँटको सरस्वती आधारभूत विद्यालयको प्रयोगबिहीन शौचालय उनीहरुको घर बनेको छ । 

दुई वर्षदेखि हेरचाह

कान्छा छोरा राजु दोस्रो बिहे गरेर बेखबर भएपछि नौ वर्षीय एनस र सात वर्षीय सिमसन दुई नातिलाई दुई वर्षदेखि आफैँले हेर्ने गरेको जमुनाले बताइन् ।  बाबा र आमाले नै दोस्रो विवााह गरेर छोराहरुलाई अलपत्र पारेपछि नातिहरुको हुर्काइ पढाई आफ्नो काँधमा आएको उनको भनाई छ । यो समाचार कमल खत्रीले नयाँ पत्रिकामा लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप