बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिउँदे झरी दोहोरिन थाल्यो, अझै केहि दिन धेकेलिने

सोमबार, ०६ फागुन २०७५, ०७ : ००
सोमबार, ०६ फागुन २०७५

काठमाडौं – मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । 

भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधि दोहोरिदैछ । आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा त्यस्तो प्रभाव अन्यत्र पनि फैलदैछ ।

अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदयाम मानिन्छ भने यो अवधिमा हुने वर्षालाई मौसमविद्हरु हिउँदे वर्षाका रुपमा बुझ्ने गर्छन् । तर केही वर्षयता हिउँदे झरी हिउँदयामको आखिरीतर्फ धकेलिदै गएको छ । किन यस्तो, भन्ने प्रश्नमा वरिष्ठ मौसमविद् मणिरत्न शाक्य भन्नुहुन्छ–‘जलवायु परिवर्तनको प्रत्यक्ष÷अप्रत्यक्ष असरले यस्तो भइरहेको छ, मंसिर अन्तिममा पर्नुपर्ने पानी पुस अन्तिम र माघ लागेपछि मात्रै पर्न थालेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप