वाइडबडी विमान घोटालामा संलग्नको बयान लिने तयारी
सोमबार, ०६ फागुन २०७५, ०६ : ५८
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ ।
संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान किन्दा चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकाल्दै छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । सोहीअनुसार आयोगले एक महिनादेखि विस्तृत छानबिन गरिरहेको छ । आयोगका एक अधिकारीका अनुसार अख्तियाले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समुह गठन गरेर विस्तृत अध्ययन गरिरहेको छ ।
एक महिनाको अवधिमा निगमले पठाएको कागजपत्र अध्ययन गरिसकेको छ । जिगमबाट थप कागजपत्र र निगमबाहेकका अन्य निकायबाट पनि प्राविधिक जानकारी माग गरेको छ । योसँगै आयोगले वाइडबडी प्रकरणमा जोडिएको पदाधिकारी तथा कर्मचारीको बयान लिने तयारी गरिरहेको छ । यो समाचार नागरिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ