शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फागुन ५, प्रदेश नम्बर ५ हेडलाइन : कहाँ के–के भयो ?

आइतबार, ०५ फागुन २०७५, २० : २४
आइतबार, ०५ फागुन २०७५

प्रदेश ५ सरकारको एक बर्ष : यस्ता छन् मिश्रित प्रतिक्रिया

बुटवल– प्रदेश सरकार गठन भएको एक बर्षमा ५ नम्बर प्रदेश सरकारको मिश्रित प्रतिक्रिया आएको छ । नागरिकहरुले सरकारले कार्यक्रम गरेको तर कामको अनुभूति आफुहरुले नपाएको बताएका छन्  भने सरकारले आफुले निर्माण र संरचनाका काम अघि बढाउँदै गएको दावी गरेको छ

प्रदेश नम्बर ५ का प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले संघीय सरकारका कारण प्रदेश सरकारको काममा ढिलासुस्ती भएको दाबी गरेका छन् । उनले प्रदेशले यो बर्ष कानुन निर्माणको बर्षको रुपमा काम गरेको समेत प्रष्ट पारे ।

‘प्रदेशमा १४ वटा कानुन निर्माण भैसकेका छन्, १६ वटामा दुईवटा संशोधनसमेत भएर पारित भैसकेको’ यो काम होइन ? उनले प्रश्न गरे ।  प्रदेश प्रहरी ऐन प्रदेशबाट स्वीकृत भएपनि संघीय सरकारले नै प्रहरी ऐन नबनाएको कारण केही अफ्ठ्यारो भएको उनको भनाइ छ ।

जलश्रोेत नीति, यातायात नीति मस्यौँदा बनाउनका लागि प्रदेशले केन्द्र सरकारलाइ कुरिररहेको उनले बताए । अन्तरप्रदेशमा समेत यस विषयमा कुराहरु उठिरहेको बताउँदै उनले जिरोबाट काम अगाडि बढाउनुपर्दा केही कमी कमजोरी भएको मन्त्री बताए । संविधान कार्यान्वयनमा सबैभन्दा बढी चिन्ता व्यक्त गरी अगाडि बढिएको बताए ।

रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै उनले संघीय सरकारले केहि बिधेयक,ऐन,निर्देशिका नै नबनाउँदा प्रदेशले पनि बनाउन पाएको छैन, हामीले संघको कानुन पर्खेर बस्नुपरेको छ ।’ उनले सुनाए ।

प्रदेश ५ मा ३५ वटा कानुन तर्जुमा भैसकेर र संसदमा जाने प्रक्रियामा रहेको भन्दै उनले ११६ वटा ऐन, नियम, निर्देशिका निर्माण प्रक्रियामा रहेको उनले जानकारी दिए । आवधिक योजना निर्माण गरी कार्य अगाडि बढाएको भन्दै मन्त्री चौधरीले कानुन निर्माणको प्रक्रियामा सातवटा प्रदेशहरुमा नमुना प्रदेशको रुपमा ५ नम्बर स्थापित भएको दाबी समेत गरे  ।

उनले प्रदेश राजधानी र नामकरणको विषयमा सुझाव समितिले अहिले १२ वटै जिल्लामा सुझाव संकलन गरिरहेको बताउँदै आएको सुझाव अनुसारनै राजधानी र नामकरणको विषयमा कार्य अगाडी बढ्ने समेत बताए । सरकारको दुई तिहाईबाट नै कानुन बमोजिमनै  कार्य अगाडी बढ्ने मन्त्री चौधरीले बताए

सत्ताबाट बाहिरएको झोकमा सबै जिम्मा एक बर्षमा नै नेकपाले  लिनुपर्दछ भन्ने कुरा गलत भएको मन्त्री चौधरीले बताए । उनले नेपाली काँग्रेसनै गरिबी, पछौटेपन, रोपेको र अहिले त्यसको फल नेकपाको सरकार हुदा आईरहेको बताए । 

प्रदेशसभा सदस्य वीरबहादुर रानाले सरकारले एउटा लोकतान्त्रिक पद्धतिलाइ सम्हाल्न र चलाउन नजानेको तर्क छ । लोकतन्त्रको विषय संस्थागत हुन नसकेको उनको भनाइ छ । अहिले सरकार कहाँ छ ? भन्ने प्रश्न आम जनताले सोधेको बताए । उनले दुई तिहाई अधिकार भएको सरकारले ठोस रुपमा काम गर्न किन सकेन कस्ले रोक्यौ भन्दै प्रश्न गरे ।

‘प्रदेश कहाँ छ, के काम गरिरहेको छ भन्ने विषयमा अहिले पनि स्थानीयहरुले अनुभव गर्न नसकेको बताए । सेवा प्राप्त गर्ने कुरामा जनता प्रताडित हुनुपर्ने अवस्था भएको बताए ।

प्रदेश विकास बोर्ड गठन गर्दा समेत आफुहरुलाई जानकारी नदिएको भन्दै प्रदेश सभा सदस्यले दुख व्यक्त गरे

यस्तै प्रदेशसभा सदस्य सन्तोष पाण्डेले प्रमुख जिल्ला अधिकारीको अधिकारलाई प्रदेश मातहतमा ल्याउनुपर्ने बताए । उनले विकास निर्माणको कामममा सहकार्य जरुरी रहेको भन्दै यसले नै सबैको विकास अगाडी बढाउने बताए


उमेर नपुगी मन्दिरमा विवाह गर्न आएका जोडीको विवाह रोक्दै पुजारी

लमही – पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् ।

तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको पुजारी बुद्धिराम भट्टराईले बताए । उनका अनुसार विवाहको सिजन हुने असोजमा १८, मङ्सिरमा छ र माघमा चार गरी २८ बालविवाह रोकिएको हो ।

मन्दिरका पुजारी भट्टराईका अनुसार अहिले मन्दिरमा विवाह गर्न आउने जोडीको नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा राखिएको जन्ममिति हेरेर मात्रै विवाह गर्ने गरिन्छ । ‘नगरपालिकाले हामीलाई अभिमुखीकरण तालीम दिएपछि बालविवाहलाई रोक्दै आएका छौँ’, उनले भने, ‘हामीले विवाह गर्ने जोडी आएपछि दुवै जनाको अनिवार्य नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा भएको जन्ममिति हेर्ने गरेका छौँ ।’

बीस वर्ष पूरा नगरेका जोडीको विवाह नगराउने गरेको उनको भनाई छ । ‘हामीले २० वर्ष पूरा नगरेका जोडीलाई अहिले लगन छैन, भनेर फर्काउने गरेका छौँ’, उनले भने, ‘उनीहरुको लगन २० वर्ष पूरा भएपछि मात्रै छ भन्ने गरेका छौँ ।’ कतिपय जोडी तथा अभिभावकले विवाह गराइदिन दबाबसमेत दिने गरे पनि आफूहरुले उमेर नपुगेकालाई लगन नभएको भन्दै विवाह रोक्दै आएको उनको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने उद्देश्यले बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई प्रत्येक वर्षमा दुई पटक अभिमुखीकरण तालीम दिने गरिएको तुलसीपुर उपमहानगर स्तरीय बाल संरक्षण समितिका संयोजक नवराज लामिछानेले बताए ।

 सरकारले जनताको अपेक्षा पूरा गरेरै छाड्छ ः मन्त्री बराल


बुटवल– प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले अहिलेको सरकारले निर्वाचनमा गरेको प्रतिबद्धता र जनताले गरेको अपेक्ष ापूरा गरेरै छाड्ने दाबी गरेका छन् ।

आइतवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्वर–५, बम्घा काउलेमा रहेको जनज्योति प्राथामिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई समवोधन गर्दै मन्त्री वरालले यस्तो बताएका हुन् ।
स्थानीयदेखि प्रदेश र संघीय सरकारले हालसम्मको कार्याकाल संघीयता कार्यन्वयन, नीति निर्माणमा व्यस्त रहेको उल्लेख गर्दै उनले अबको कार्यकाल विकास र समृद्धिमा केन्द्रित हुने बताए । 

विपक्षीहरुले अहिलेको सरकारले केही गर्न नसकेको भ्रम छरेको हुन सक्ने भन्दै मन्त्री बरालले त्यस्ता भ्रमहरु अब यो सरकारको कामले नै चिर्ने दावी गरे ।  ‘स्थानीयदेखि प्रदेश र संघीय सरकारले अब विकासको गति लिँदैछ , तपाइँहरु कोही पनि निरास हुनु पर्दैन’,  मन्त्री  बरालले भने, ‘हामीले निर्वाचनमा गरेका प्रतिवद्धता बिर्सेका छैनौं , जसलाई कार्यान्वयन गर्न र तपाइँहरुले हामी संग जुन अपेक्षा राखेर भोट दिनु भएको थियो त्यो अपेक्षा पुरा गर्न अहिलेको सबै तहको सरकार दत्तचित्त भएर लागि परेको छ, ढुक्क हुनुहोस् ।  ’उनले  विद्यालयको कम्पाउण्ड निर्माणका लागि प्रदेश सरकारले यस आर्थिक बर्षमा ६ लाख विनियोजन गरेको, रुद्रवेणी देखि वम्घा, रानीवास बलेटक्सार सडकस्तर वृद्धिको काम यसैवर्ष सम्पन्न हुने जानकारी दिए ।

त्यस्तै धोवीघाट सडक चौडा पार्ने, बम्घाको खानेपानी समस्या समधान गर्न योजनाको अब छिट्टै टेण्डर गरिने, रानीवासमा रहेको क्याम्पसका लागि १५ लाख रुपैयाँ प्रदेश सरकारले छुट्टाएको र यस भेगका अन्य विभिन्न विद्यालयलाई पनि रकम विनियोजन गरिएको उनले बताए ।

प्रदेशसभा बैठकमा विभिन्न बिधेयकमा दाफावार छलफल

बुटवल–प्रदेश नम्बर पांचको आइतबारको बैठकले प्रदेशसभामा पेश भएको प्रदेशखानी अन्वेषण र व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेशसभाको अर्थ,उद्योग पर्यटन समितिमा पठाउने निर्णय गरेको छ ।

त्यसैगरी आइतबारकै प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेको प्रदेश जाँचबुझ आयोग गठन तथा काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक र भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पेश गरेको प्रदेश भवन निर्माण कार्यलाई व्यवस्थित र नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक र भ’मि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पेश गरेको प्रदेश दाना पर्दा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयकमाथिको छलफल सकिएको छ ।

 प्रदेशसभामा विपक्षी दलका सांसद फकरुद्धिन खानले खुट्टा नकमाई काम गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

गुरुयोजना मार्फत पर्यटकीय विकास गर्दै बाउन्नकोटी

बुटवल– सिमसार क्षेत्र, ऐतिहासिक बाउन्नकोटी मन्दिर, सुन्दर शान्त र हरियाली वातावरणका बावजुत सम्भावना बोक्दा बोक्दै ओझेलमा परेको बाउन्नकोटी सामुदायिक बन उपभोक्ता समुह (चिमटिप) रुपन्देहीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अनुमानित ७५ करोड रुपैयाँ खर्चेर ५० बर्षे गुरुयोजना निर्माण तयारी थालिएको छ ।

महालक्ष्मी इन्जिनियरिङ कन्सल्टेन्सी समन्वयमा इन्जिनियर जीवनकुमार वनसहित सुदिप ढकाल र निशा वनले तयार गरेको नक्साँकन माथि आज भएको छलफल तथा सुझाव संकलन (अन्र्तक्रिया) कार्यक्रमले गुरुयोजना मार्फत पर्यटकीय विकास गर्ने लक्ष्य बोकेको हो ।

इन्जिनियर जीवनकुमार वन सहितको टोलीले तयार गरेको भिजुअल अनुसार बनको हालको संरचना तथा अवस्थालाई यथास्थितिमा प्राकृतिक स्वरुपमा राख्दै डुङ्गा सयर, ताल र सिमसार क्षेत्रको सौन्दर्यकरण, बाल उद्यानको थप व्यवस्थित विकास, पिकनिङक स्पर्टमा आधुनिक ढाँचा, भ्यू टावर निर्माण, कलात्मक आकर्षण गेट निर्माण, साईकलिङ तथा पद मार्ग निर्माण, फुटवल खेल मैदान र कर्भडहलको निर्माण, साँस्कृतिक कार्यक्रमको लागि आवश्यक भौतिक संरचना, बास्केट बल र टेवल टेनिस र्पोट निर्माण, योगा तथा सेमिनार हलको निर्माण, व्यवस्थित आधुनिक शैलीको गौशाला, पार्किङस्थल निर्माण, रिङरोड निर्माण, छेउछाउका बस्तीहरुलाई ग्रिन भिलेजको रुपमा परिणत गरी होमेस्टे सञ्चालन लगायतका अवधारणाहरु रहेका छन् ।

भिजुअलको दृश्य अवलोकन पश्चात नक्साँकनमा केही अत्यावश्कीय छुटेका कुराहरुलाई समावेश गरेर गुरुयोजना निर्माण गर्नुपर्ने बन समितिका पधादिकारी तथा सदस्यहरुले सुझाएका छन् । उनीहरुले शौचालय, विश्राम स्थल, मन्दिरको संरक्षण तथा प्रवद्र्धन, पार्किङको आवश्यकता र स्थिती, प्रवेश क्षेत्रको जानकारी, प्राकृतिक संरचनामो डुङ्गा सयरको अवस्थालाई विस्तृत रुपमा खुलाएर ताल तथा सिमसार क्षेत्रमा धार्मिक आस्थाका मठ–मन्दिर, गुम्बा, चर्च तथा मस्जिदको सम्भावना र आवश्यकतालाई पनि खुलाएर गुरुयोजनामा समावेश गर्नु पर्ने औंल्याएका छन् ।

वनका अध्यक्ष भोलाप्रसाद यादवको अनुासर एक सय ५४ हेक्टर क्षेत्रफलमा फैलिएको बनमा हाल तीन सय ८० जना सदस्यहरु रहेका छन् भने साविक चिल्हिया, मधवलिया, टिकुलीगढ, पडषरी गाविसका चार हजार भन्दा बढी स्थानियहरुले लाभ लिएका छन् ।

ट्रिपरको ठक्करबाट पाल्पामा बालिकाको मृत्यु

पाल्पा– पाल्पामा ट्रिपरको ठक्करबाट ५ बर्षे बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका घाइते भएकी छन् । जिल्लाको निस्दी ७ ज्यामिरेको लामेटारमा ठक्कर दिदा सेरागाउँका ५ बर्षकी ममिता सारुको ज्यान गएको हो ।

त्यस्तै सोही ठाउकी ७ बर्षे सुनिता बार्ह्रघरे घाइते भएकी हुन् । उनको खुट्टामा चोट लागेको पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए । चुनढुङ्गा लिएर जाँदै गरेको रा १ ख १५११ नम्बरको ट्रिपरको ठक्करबाट विद्यालय जाँदै गरेका बालिकालाई ठक्कर दिएको हो ।

क्यान इन्फोटेकमा उद्योगमन्त्री लिला गिरीको अवलोकन

बुटवल– कम्प्युटर एशोसीयशन महासंघ (क्यान) रुपन्देहीको आयोजनामा बुटवलमा जारी स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनीमा आईतबार प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले अवलोकन गरेका छन् ।

प्रर्दशनीको तेस्रो दिन मन्त्री लिला गिरीसँगै प्रदेशसभा सदस्य दधिराम न्यौपाने(माधव शर्माले) समेत अवलोकन गरेका हुन्  ।  क्यान ईन्फोटेक अवलोनक पश्चात मन्त्री गिरीले स्थायी प्रकृतिको प्रर्दशनी स्थलको आवश्यकता महसुस  गरिएको बताए ।  उनले सोही अनुसार प्रदेश सरकारले नै अहिले बुटवल मण्डपमा स्थायी प्रकृतिको प्रर्दशनी स्थल बनाउने कार्य समेत अगाडी बढाएको बताए ।
क्यान इन्फोटेकको तेस्रो दिन भएको एक्पर्ट अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता  सम्पन्न भएको छ ।

सामुदायिक र संस्थागत विद्यालयहरुको उल्लेखनिय सहभागिता रहेको प्रतिष्पर्धाबाट प्यारामाउन्ट अङग्रेजी बोर्डिङ स्कुल प्रथम भएको छ । यस्तै द्धितीयमा तिनाउ अङग्रेजी बोर्डिङ स्कुल भएको छ । यस्तै तृतीय स्थानमा स्कलर्स होम अङग्रेजी बोर्डिङ भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप