र्याम्पमा शो टपर्स नीता
काठमाडौं –अभिनेत्री नीता ढुंगाना र्याम्प नापेकी छन् । शनिवार ठमेलस्थित छाँया सेन्टरमा आयोजित ‘ईलिजेन्ट ब्राईडल फेयर’ नामक फेशन शो तथा फेयरमा उनले ‘शो टपर्स’को रुपमा र्याम्प नापेकी हुन् ।
पछिल्लो समय चलचित्रमा कम र म्युजिक भिडियोमा धेरै देखिने नीताले फरिया फेशनका सबै प्रकारका डिजाईनहरु आफुलाई उत्कृष्ट लाग्ने बताइन् ।
शोमा ५ देखी ३५ बर्षसम्म भिन्न उमेर समुहका ४९ जना मोडले रर्याम्प विभिन्न फेसनका डिजाइनहरु प्रस्तुत गरेका थिए । वेष्टर्न वेडिङ्ग गाउनका विभिन्न आकर्षक स्टलहरुले कार्यक्रममा थप रौनक दिएको थियो ।
फ्री मेकअप, फुड टेस्टिङका स्टलसमेत राखिएको शोमा दुलहीले प्रयोग गर्ने वेष्टर्न गाउनका साथै फेसन पारखीका लागि शो आयोजना गरिएको फरिया फेशनकी निर्देशक नेहा गिरीले बताईन् ।
फरिया फेशनको स्टोर जमलस्थित विश्वज्योती मलमा अवस्थित रहेको छ । शोको कोरियोग्रार सपना राई र आरती प्रधान रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा