शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भेनेजुयलाका नेता हुआँ ग्वाइडाले डाके अमेरिकी सेना, सिमानामा सैन्य जहाज उड्न थाले

आइतबार, ०५ फागुन २०७५, १९ : ४९
आइतबार, ०५ फागुन २०७५

एजेन्सी– अमेरिकी सैन्य जहाजहरुले भेनेजुयलासँग सिमा जोडिएको कोलम्बियाली सहर कुकुटामा मानवीय सहायता सामाग्री पुर्याई रहेका छन् ।  सहायता सामाग्री भेनेजुयलाका नेता हुआँ ग्वाइडोको आग्रहमा संकलन भइरहेको हो । उनले अघिल्लो महिना आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए, जसलाई अमेरिका र उसका मित्र राष्ट्रहरुले तत्काल समर्थन गरेका थिए ।

राष्ट्रपति निकोलस मडुरोले सहायता सामाग्रीहरुलाई भेनेजुयला हस्तक्षेपको अमेरिकी बाहनाको आरोप लगाएका छन् ।  ग्वाइडोले फेब्रुअरी २३ को दिन लगभग ६ लाख भेनेजुयाली स्वयमसेवकहरुले सहयातालाई सिमाना पार गर्ने बताएका छन् । 

‘हामीहरु सीमाभित्र र बाहिर दुवैतिर स्वयमसेवक परिचालन गर्नेछौं,’ उनले शनिवार एक ट्वीटमार्फत जानकारी दिए । उनले अगाडि भनेका छन् ,‘हाम्रो संघर्षले परिणाम दखाउन थालेकोे छ !’ तर अझै सत्तामा बलियो पकड बनाएका निकोलस मडुरो प्रशासनले सहायता भेनेजुयलाभित्र ल्याउन दिन्छन् कि दिँदैनन् स्पष्ट भइसकेको छैन ।

 भेनेजुयला र कोलम्बिया जोड्ने सकडमा रहेको एक पुलको भेनेजुएलातर्फ भागमा ठूला कन्टेनरहरु राखेर अवरोध गरिएको छ ।  ‘बालबालिकाहरु भोकाउदैं गएका छन् र भेनेजुएलाका लगभग प्रत्येक अस्पतालले गम्भीर चिकित्सकीय अभाग भोगिरहेको छ ।’ कुकुटमा भएको एक पत्रकार सम्मेलनमा यूएसएडका प्रशासक मार्क ग्रिनले भने ।

ग्वाइडोका प्रतिनिधिहरुले थप सहायता संकलनका केन्द्रहरु ब्राजिल र क्यारेवियन क्षेत्रमा खोलिने बताए ।  सोही प्रतिनिधिले अमेरिकामा सहायता संकलनको लागि अमेरिकाको मायामीमा संकलन केन्द्र खोलिएको बताए । 

राष्ट्रपति मडुरोले भने यसलाई अमेरिकी योजनामा भएको कारबाही रहेको र भेनेजुएलामा कुनै खालको संकट नभएको बताए ।  शुक्रबार उनले आफ्ना सेनालाई अमेरिकी ‘युद्ध योजना’ सँग उच्च सतर्क रहन आदेश दिए । 

अमेरिका र कयैन पश्चिमा सरकारबाट अन्तरिम राष्ट्रपतिको रुपमा पहिचान गरिएका ग्वाइडोले लाखौं स्वयम सेवकहरुले सहायता सामाग्रीहरु देश भित्र्याउन ब्रिग्रेड निर्माण गर्न सहमत भएको बताए । 

उनले भेनेजुएलाको सेनालाई पनि सहायता सामाग्री भित्र्याउन दिन आह्वान गरेका छन् , तर उनीहरुले त्यसो गर्न दिने नदिनेमा स्पष्ट भइसकेको छैन । उनले फेब्रुअरी २३ लाई मानवीय सहायता सामाग्रीलाई देशभित्र परिचालन गर्ने मिति घोषणा गरेका छन् । 

कुकुटाका अधिकारीहरुले केही दिनभित्र मानवीय सहायता बोकेका थप उडानहरु कोलम्बिया अवतरण हुने बताएका छन् ।  एक वक्तव्यमा भेनेजुएलाको अस्पतालको लागि भनेर चिकित्सकीय आपूर्ति र औषधीहरु अर्को हप्ता आउने भनिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप