शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलमा क्यान ईन्फोटेक तेस्रो दिनमा, विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था

आइतबार, ०५ फागुन २०७५, १८ : ५७
आइतबार, ०५ फागुन २०७५

बुटवल–कम्प्युटर एशोसीयशन महासंघ (क्यान) रुपन्देहीको आयोजनामा बुटवलमा जारी स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनीमा आईतबार प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले अवलोकन गरे । 

प्रर्दशनीको तेस्रो दिन मन्त्री लिला गिरीसंगै प्रदेश सभा सदस्य दधिराम न्यौपाने(माधव शर्माले) समेत अवलोकन गरेका छन् । क्यान ईन्फोटेक अवलोनक पश्चात मन्त्री गीरीले स्थायी प्रकृतिको प्रर्दशनी स्थलको आवश्यकता महसुस गरिएको बताए । उनले सोही अनुसार प्रदेश सरकारले नै अहिले बुटवल मण्डपमा स्थायी प्रकृतिको प्रर्दशनी स्थल बनाउने कार्य समेत अगाडी बढाएको बताए ।

सबै स्टलहरुको अवलोकन गरेका मन्त्री गिरीले दाङका विद्यार्थीहरुले लाईफाई टेक्नोलोजीको विषयमा विशेष चासो व्यक्त गरे । अहिलेको वाईफाई भन्दा १०० गुणा बढि क्षमता भएको लाईफाई लाई विस्तार गर्नको लागि प्रदेश सरकारले पहल गर्ने समेत बताएका थिए । 

उनले नयाँ नयाँ प्रविधिको  सुरुवात भएसँगै विकास भएका प्रविधिलाई आत्मसाथ गर्दै आगाडी बढ्नुपर्ने समेत बताए । क्यान ईन्फोटेकको तेस्रो दिन भएको एक्पर्ट अन्तर विद्यालय लोक नृत्य प्रतियोगित  सम्पन्न भएको छ ।

सामुदायिक र संस्थागत विद्यालयहरुको उल्लेखनिय सहभागीता रहेको प्रतिस्पर्धाबाट प्यारामाउन्ट ईङ्ग्लीस बोर्डिङ स्कुल प्रथम भएको छ । यस्तै दोस्रोमा तिनाउ ईङ्ग्लीस बोर्डिङ स्कुल भएको छ । यस्तै तृतिय स्थानमा स्कलर्स होम बोर्डिङ स्कुल भएको छ । 

क्यान ईन्फोटेकको चौथो दिन अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगीता हुनेछ । भने सोही दिन नै पब्लिक स्पीकर सिजन २ का विजेता रमेश प्रशाईको विशेष प्रस्तुती रहने छ । 

इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स का साथै नेपाली वैज्ञानिक तथा विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधि लगायतका एक सय बढी स्टल रहेका छन् । 

फागुन ७ गतेसम्म बुटवल मण्डपमा जारी रहने इन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप