लगानीका लागि प्रधानमन्त्री ओलीको आह्वान
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको भन्दै यसका लागि सरकारले सुशासनको वातावरण बनाउने बताएका छन् । ‘सरकार विकासको दूरदृष्टिमा कुनै दोधारोमा छैन । हामी नतिजामुखी विकासको काममा प्रतिबद्ध छौं’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न समेत आह्वान गरेका छन् । ‘तपाईंहरुको लगानीको सुरक्षा सरकारले गर्छ । लगानीबाट तपाईंहरुले नाफा आजर्न गर्न पनि सक्नुहुन्छ ’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभई नेपालाई विश्वसँग जोडिने अवसर पनि हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
-
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
-
लुम्बिनी सरकारको वैशाख मसान्तसम्मको खर्च ४६ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ