लगानीका लागि प्रधानमन्त्री ओलीको आह्वान
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको भन्दै यसका लागि सरकारले सुशासनको वातावरण बनाउने बताएका छन् । ‘सरकार विकासको दूरदृष्टिमा कुनै दोधारोमा छैन । हामी नतिजामुखी विकासको काममा प्रतिबद्ध छौं’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न समेत आह्वान गरेका छन् । ‘तपाईंहरुको लगानीको सुरक्षा सरकारले गर्छ । लगानीबाट तपाईंहरुले नाफा आजर्न गर्न पनि सक्नुहुन्छ ’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभई नेपालाई विश्वसँग जोडिने अवसर पनि हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गण्डकी अधिवेशन : १२ सदस्य निर्विरोध निर्वाचित
-
स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ : मस्क
-
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
-
काभ्रे बस दुर्घटनाको कारण पहिचान गर्न सरकारको निर्देशन
-
शहरी विकासमा सरकारको १ खर्ब १३ अर्बका योजना : सघन सहरीकरण र झोलुङ्गे पुल उच्च प्राथमिकतामा
-
औपचारिक रुपमा सेयर बजार प्रवेश गर्यो स्पेसएक्स, एलन मस्क विश्वकै पहिलो 'ट्रिलियनेयर' बन्ने निश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण