चट्याङ लागेर एकको मृत्यु, १० घाइते
पाँचथर – शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।
दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश गरिएको छ ।
पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा दाजुको घटनास्थलमै ज्यान गएको र भाइ घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । यस्तै शनिबारै परेको चट्याङ लागेर जिल्लाको फालेलुङ गाउँपालिका–५ प्राबुङमा पनि आठ घाइते भएका छन् ।
स्थानीय फौदमान तामाङको घरमा चट्याङ पर्दा घरमा बसिरहेको मानिस घाइते भएका हुन् । उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही समयमा जिल्ला पाँचथर फिदिम नगरपालिका– ५ सरसिउला बस्ने १८ वर्षीय दीपक सिवा आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ परी त्यसको झटकाले शरीरको विभिन्न भागमा चोट लागि जिल्ला अस्पताल पाँचथरमा उपचारपश्चात घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए