मेस्सीको पेनाल्टी गोलमा बार्सिलोना विजयी
एजेन्सी – कप्तान लियोनल मेस्सीले पेनाल्टीमा निर्णायक गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई १–० गोलले हराएको छ । जितसँगै बार्सिलोनाले शीर्ष स्थान थप बलियो बनाएको छ ।
घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा मेस्सीले ४३औं मिनेटमा प्राप्त पेनाल्टीलाई सही सदुपयोग गरे । भालाडोलिडका मिसेलले जेरार्ड पिकेलाई डिबक्सभित्र लडाएपछि बार्सलोनाले पेनाल्टीको मौका पाएको थियो । बार्सिलोनालो दोस्रो हाफको अन्तिममा पनि पेनाल्टी गुमाएको थियो । मेस्सीको अर्को पेनाल्टी प्रहारलाई भालाडोलिडका गोलरक्षक जेर्डी मासिपले विफल पारिदिएका थिए ।
बार्सिलोनाले २४ खेलबाट ५४ अंक बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रि«ड भन्दा सात अंकले अगाडी छ । एट्लेटिकोको ४७ अंक छ । शनिबार रातिनै भएको खेलमा एट्लेटिकोले रायोभालेकानोलाई १–० गोलले हराएर दोस्रो स्थानमा उक्लिएको हो । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजम्यानले ७४औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
तेस्रो स्थानमा रहेको रियल म्याड्रि«डको ४५ अंक छ । बार्सिलोनासँग पराजित भएको भालाडोलिड २६ अंकका साथ १५औं स्थानमा छ । २३ अंक बनाएको रायोभालेकानोले रेलिगेसन छल्न सकेको छैन । अर्को खेलमा रियल सोसिएडाडले लेगानेसलाई ३–० र लेभान्तेले सेल्टाभिगोलाई ४–१ गेलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’