बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आफैं अघि सरे ओली र दाहाल

आइतबार, ०५ फागुन २०७५, ०७ : ३२
आइतबार, ०५ फागुन २०७५

काठमाडौँ – नेकपाका दुई अध्यक्षले पार्टीको तल्लो तह र जनवर्गीय संगठनको एकता प्रक्रिया प्रस्ताव तयार पार्ने भएका छन् । जेठ ३ मा तत्कालनि एमाले र माओवादीबीच एकता भए पनि तल्लो तह र जनवर्गीय संगठनको एकता टुंगिएको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

एकता प्रस्ताव तयार पार्न पुस १३ मा नेकपा स्थायी समिति बैठकले ९ सदस्यीय कार्यादल बनाएको थियो। तर पनि ठोस प्रस्ताव तयार पार्न असफल भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रस्ताव तयार पार्न जुटेका हुन् । कार्यदलले विधानमा देखिएका असमझदारी मात्रै टुंगो लगाउन सफल भएपछि अन्य विषय थाती नै थियो ।

ढिलोमा पुस मसान्तसम्म ठोस प्रस्ताव तयार पारिसक्न म्यान्डेट पाएको कार्यदलले २२ माघसम्म पनि प्रतिवेदन बुझाउन नसकेपछि सचिवालय बैठकले प्रगति विवरणसहतिको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा माघ २५ मा कार्यदलले थप ७ दिन समय माग गर्ने गरी अहिलेसम्म भएका सहमतिको विवरणसहितको प्रतिवेदन बुझाउने निर्णय गरेको थियो ।

कार्यदलले थप समय मागेको थियो । तर पनि दुई अध्यक्षले कार्यदललाई समय दिन चाहेनन् । कार्यदलको प्रतिवेदन बुझिसकेका ओली–दाहालबीच अहिले छलफल भइरहेको छ । केही दिनयता लगातारको छलफलले कार्यदललाई समय नदिई आफैं कार्यदलको रिपोर्टमा आधारित भएर प्रस्ताव तयार पार्न उनीहरू गृहकार्यमा लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप