शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुरसञ्चार सेवाको कार्ययोजना बनाउन सरकारलाई लेखा समितिको निर्देशन

सोमबार, १६ साउन २०७४, १५ : २३
सोमबार, १६ साउन २०७४

काठमाडौं– व्यवस्थापिका संसद अन्तरगतको सार्वजनिक लेखा समितिले दुरुसंचार सेवाको विस्तार, गुणस्तर र प्रतिफल कायम हुनेगरी तीन महिने, अर्धवार्षिक र बार्षिक कार्ययोजना बनाउन सरकारलाई निर्देशन दिएको छ । 


समितिको सोमबार बसेको बैठकले दुरुसंचार सेवाको विस्तार, गुणस्तर र प्रतिफल कायम हुनेगरी ३ महिने, अर्धवार्षिक र बार्षिक कार्ययोजना बनाई एक हप्ता भित्र समितिमा पेश गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको हो । 


लगानी अनुसारको सेवा विस्तार र गुणस्तर कायम हुनेगरी कार्ययोजना बनाई समितिमा पेश गर्न नेपाल टेलिकमलाई पुनः निर्देशन दिनु परेको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए । समितिले टेलिकमको वित्तिय अवस्था कमजोर भएको पाएपछि लागत न्यूनिकरण  र आयवृद्धि हुने गरी योजना बनाउन पनि टेलिकमलाई सचेत गराएको छ ।


समितिले काठमाडौं र पोखरामा विस्तार गरिएको फोरजी सेवा अपेक्षा गरेअनुसार हुन नसक्नुको कारणको खोजी गर्न पनि नेपाल टेलिकमलाई सचेत गराएको छ । बैठकमा बोल्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजी सेवा विस्तारको कामलाई अव उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप