शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माफी माग्दै पशुपति शर्माले हटाए विवादमा तानिएकाे ‘लुट्न सके लुट’ बोलकाे गीत

शनिबार, ०४ फागुन २०७५, २१ : ४१
शनिबार, ०४ फागुन २०७५

काठमाडौं–लाेक  गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक भाव बोकेको गीत आफ्नो यूटुव च्यानलमार्फत हटाएका छन् । सो गीत दुई दिनअघि सार्वजनिक भएको थियो । 
शर्माको गीतमा प्रयोग भएको केही शब्द विवादमा तानिएपछि उनले समाजिक सञ्जालमार्फत असन्तुष्टि देखिएका शब्दहरुलाई परिमार्जन गर्ने बताएका छन् । 

‘सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतीलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि  रहन गएकाले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गईरहेको छु ।’

उनले अगाडि भनेका छन्, ‘केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु।’

उनले आफूले प्रयोग गरेको शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको भए अन्तर हृदयदेखि माफी माग्न चाहेको पनि बताएका छन् । 

 ‘मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि  प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु’, उनले भनेका छन्, ‘अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु ।’

यद्यपि देशको एक सचेत नागरिकका साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताविरुद्द आवाज उठाउन पाउने आफ्नो नैसर्गीक अधिकार भएको पनि उनले बताएका छन् । 

याे पनि छुट्याे कि....

पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतले बालुवाटारमा खैलाबैला

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप