स्वर्ण पदक विजेता महर्जनलाई ‘काव्य खेल सम्मान’
काठमाडौँ । गत पुसमा थाइल्याण्डमा आयोजित १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य स्कूल नयाँ बानेश्वरले नगदसहित ‘काव्य खेल सम्मान–२०७५’ प्रदान गरेको छ ।
महर्जनले नेपालले शारीरिक सुगठन प्रतियोगिताको इतिहासमा पहिलोपटक ७५ केजी तौल समूहमा स्वर्णपदक जितेको थियो ।
जाउलाखेलस्थित खेल मैदानमा आयोजित नवौँ काव्य खेल सप्ताह समापनका अवसरमा काव्य स्कूलले स्वर्णपदक विजेता महर्जनलाई रु पाँच हजारसहित ‘काव्य खेल सम्मान’बाट सम्मान गरेको हो ।
विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बाँस्कोटा, निर्देशक रिजन खड्का, सुनिलकुमार घर्ती र प्रेमराज अर्यालले पुष्पगुच्छा, खादा, प्रशंसापत्र तथा नगद दिएर सम्मान गरेका थिए ।
काव्य स्कूलले दुई वर्षअघि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पनि ‘काव्य खेल सम्मान’ प्रदान गरेको थियो ।
नवौँ काव्य खेल सप्ताहमा तेक्वान्दो, उसु, फुटसल, फुटबल, भलिबल, विभिन्न दूरीको रिले दौडलगायत दुई दर्जन थरी खेलकूद समावेश गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ