नागढुङ्गाबाट लागुऔषधसहित तीनजना पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रभागको टोलीले नागढुङ्गामा आज गरेको छुट्टाछुट्टै चेकजाँचका क्रममा लागुऔषधसहित ललितपुरका १८ वर्षीय साजन थापा र विनोद खड्गी तथा काठमाडौँका ३३ वर्षीय सुन्दर खड्कालाई पक्राउ गरेको हो ।
प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख २९७ नंको यात्रुवाहक बसमा थापा र खड्गी तथा हेटौँडाबाट काठमाडौँ आउँदै गरेको ना४ख ७४३५ नंको बसबाट खड्कालाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले थापा र खड्गीसँग तीन ग्राम खैरो हिरोइन र ३७ ट्याब्लेट नाइट्राभेट तथा खड्कासँग १७ एम्पुल नुर्फिन, १७ एम्पुल फेनार्गन र १७ एम्पुल डाइजेल्याब बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी