शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरकारले विकासका काम गर्न सकेन’

शनिबार, ०४ फागुन २०७५, १८ : ४४
शनिबार, ०४ फागुन २०७५

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले एक वर्षको अवधिमा सरकारले विकासका काम गर्न नसकेको स्पष्ट पारेका छन् । 

राजधानीमा आज आयोजित साक्षात्कारमा उनले भने, ‘दुई तिहाइको बलियो सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्ला भन्ने आशा जनताले गरेका थिए । यो सरकारले त्यो जिम्मेवारी पूरा गरेन ।’  

नेकपा (माले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले वर्तमान सरकारले आफ्नो कम्युनिष्ट चरित्रअनुसार काम गर्न नसकेको बताए । उनले भ्रष्टाचारको इपिसेन्टर सिंहदरबारबाट स्थानीय निकायमा सरेको आरोप लगाए । 

नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले सरकारले महङ्गी बढाएको, सुन तस्करलाई उन्मुक्ति दिएको र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा माफियाकरण गरेको आरोप लगाए । 

शान्ति, सुरक्षाको अवस्था चिन्ताजनक भएको बताउँदै गजुरेलले संविधानमा जनताको आवाज नसमेटेकाले संविधानलाई जरैदेखि उखेल्नुपर्ने बताए ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सरकारको एकवर्षे कार्यकाल अलोकप्रिय भएपनि घोषित उद्देश्यअनुसार नै अघि बढिरहेको दाबी गरे । 

सरकारले योगदानमा आधारित पेन्सनको कार्यक्रम ल्याएको चर्चा गर्दै उनले मजदुरको ज्याला ३९ प्रतिशत वृद्धि गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप