बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारले निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउनुपर्ने

शनिबार, ०४ फागुन २०७५, १८ : ३७
शनिबार, ०४ फागुन २०७५

काठमाडौँ । राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) नेपालले देशभरका फोटोपत्रकार तथा पत्रकारलाई निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

संस्थाको आज सम्पन्न १०औँ वार्षिक साधारणसभाले फोटोपत्रकारको हकहित र कानूनी अधिकारका लागि देशभरका फोटोपत्रकारलाई एकजुट गराएर अघि बढ्ने निष्कर्ष निकाल्र्दै सम्पूर्ण सञ्चारकर्मीलाई सहज रुपमा काम गर्ने वातावरण सुनिश्चित गर्न आग्रह गरेको हो । 

संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारको अध्यक्षता र नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी वक्ताले फोटो पत्रकारको व्यावसायिक सुरक्षा हुनुपर्नेमा जोड दिएका थिए । 

संस्थाका पूर्वअध्यक्षहरु मिनरत्न बज्रचार्य, कविन्द्रमान शाक्य, राजभाई सुवाल तथा संस्थाका सल्लाहकार जगदिश तिवारी र धादिङ शाखाका अध्यक्ष नारायण सिलवालले फोटो पत्रकारको पेशागत मर्यादा र निर्वाह गर्नुपने दायित्वबारे धारणा राखेका थिए । 

कार्यक्रममा संस्थाका सचिव नवराज श्रेष्ठले संस्थाको वार्षिक गतिविधि प्रस्तुत गरे भने कोषाध्यक्ष लेखबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुरेक थिए ।

साधारणसभाले संस्थाको विधान संशोधन गरी फोटो पत्रकार समूहलाई ७ वटा प्रादेशिक संरचनामा लाने निर्णय गरेको संस्थाद्वारा जारीविज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप