शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

असहायलाई सबै पक्षले सहयोग गर्नुपर्छ : मुख्यमत्री पौडेल

शनिबार, ०४ फागुन २०७५, १८ : ३०
शनिबार, ०४ फागुन २०७५

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आर्थिक, सामाजिक र पारिवारिक कारणले विस्थापित भएर सडकमा जीवन बिताउने असहाय वृद्धवृद्धाको संरक्षण उद्धार र पुनःस्थापनामा सरकारी र गैरसरकारीलगायत समाजका सबै पक्षले सहयोग पु¥याउनुपर्ने बताएका छन् । 

जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित ‘सहयोगापेक्षी सडक मानवमुक्त’ मकवानपुर जिल्ला घोषणा कार्यक्रममा उनले सरकारको नीति तथा कार्यक्रमअनुसार सडकमा जीवन बिताउनेको उद्धार र संरक्षण गर्ने जिम्मेवारी पूरा गरेको बताए। 

मानव आश्रम मात्र खोलेर हुँदैन, त्यसका लागि साधन स्रोत र बजेटको आवश्यकता हुन्छ भन्दै मुख्यमन्त्री पौडेलले राज्यले त्यस्ता आश्रमलाई सहयोग पु¥याउने बताए । 

प्रदेशको १३ जिल्ला मध्ये मकवानपुरलाई सर्वप्रथम सडक मानवमुक्त घोषणाको कार्यक्रम उदाहरणीय रहेको उल्लेख गर्दै उनले प्रदेशका १३ वटै जिल्लालाई सहयोगापेक्षी रहित जिल्ला बनाइने बताए । 

सोही प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले परिवारबाट उपेक्षितका उद्धार र पुनःस्थापना गर्ने उद्देश्यले घोषित कार्यक्रममा सबैको सहयोग आवश्यक भएको बताउँदै यो परोपकारको कार्यलाई सहयोग गर्न वर्तमान सरकार पछि नपर्ने स्पष्ट पारे । 

सामाजिक विकासमन्त्री युवराज दुलालले घर छाड्ने बाध्यात्मक वातावरण नबनाउन सबैलाई आग्रह गर्दै उद्धार कार्यमा समाजको हरेक वर्गले सहयोग पु¥याउनुपर्ने र चेतना अभिवृद्धी गर्नुपर्नेमा जोड दिए । 

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश ३ का मुख्य सचिव आनन्दराज ढकाललगायत विभिन्न राजनीतिक दलका नेता, पदाधिकारी, व्यवसायी तथा समाजसेवीले पनि मानव आश्रमलाई सहयोग पु¥याउने प्रतिबद्धतासमेत गरेका थिए । 

सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको तर्फबाट आयोजक संस्थाका प्रमुख खुलाललाई सडकमा बसोबास गर्नेको उद्धारका लागि एउटा गाडीको साँचो हस्तान्तरण गरे । 

कार्यक्रम घोषणा अघि संस्कृति झल्काउने खालका विभिन्न निकायका व्यानरसहितको ¥याली आयोजना गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप