शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

किरात प्रदेश नाम राख्न दबाब दिने यायोक्खाको तयारी

शनिबार, ०४ फागुन २०७५, १८ : १३
शनिबार, ०४ फागुन २०७५

मोरङ । किरात समुदायको साझा संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन मार्फत १ नम्बर प्रदेशको नाम किरात राख्न दबाब दिने तयारीमा रहेको संगठनले जनाएको छ । 

महाधिवेशन सुनसरीको धरासनमा फागुन १८ देखि २० गतेसम्म हुँदैछ । सम्मेलनको लागि ‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आव्हान’भन्ने मुख्य नारा तय भएको संगठनको केन्द्रीय अध्यक्ष तिलक राईले बताए । 

महाधिवेशनको तयारी बारे आज (शनिबार) काठमाडौं कोटेश्वरस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो बिषयमा जानकारी गराएको हो । 

महाधिवेशनमार्फत प्रदेशको नाम किरात राख्न प्रदेश सभालाई दबाब दिइने यायोक्खा केन्द्रीय महासचिव जीवन हताचो राईले बताए । किरात कुनै एउटा जाति नभएर इतिहास, भूगोल, सभ्यता, संस्कृति, साझा मनोविज्ञान भएको भन्दैयस अघिदेखि नै यायोक्खाले प्रदेशको नाम किरात राख्नुपर्ने प्रस्ताव राख्दै आएको थियो । भूगोलको सम्माण र प्रदेशवासीको चाहना पुरा गर्न नाम किरात राखिनुपर्ने यायोक्खा केन्द्रीय उपाध्यक्ष दिवस राईले बताए । 

प्रदेश १ को हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु भएको छ । यायोक्खाले यही अवसर पारेर धरानमा १० औं राष्ट्रिय महाधिवेशन गरेर प्रदेशको नाम किरात राख्न थप दबाब दिने तयारी गरेको हो ।

महाधिवेशन अघि यायोक्खाको ताप्लेजुङ, पाँचथार, इलामा, झापा, मोरङ, सुनसरी, उदयपुर, ललितपुर, भक्तपुर, काठमाडौं, बारा, पर्सालगायतका जिल्ला मधिवेशनहरु गरिसकेको यायोक्खा केन्द्रीय उपमहासचिव तथा प्रचारप्रशार विभाग प्रमुख भीम राईले बताए । 

त्यसैगरी आठ वटा भातृ र २८ वटा भाषिक संस्थाहरुको अधिवेशन मार्फत प्रदेश १ को नाम किरात राख्न प्रदेश सरकारलाई दवाव दिइएको यायोक्खा केन्द्र तथा प्रचार समितिका सदस्य अर्जुन जम्नेली राईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप