शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विपी उद्यानका विषयलाई लिएर काङ्ग्रेसद्वारा संसद बैठक अबरुद्ध

शनिबार, ०४ फागुन २०७५, १७ : ५९
शनिबार, ०४ फागुन २०७५

जनकपुर । प्रदेश नम्बर २ को प्रदेशसभा बैठक नेपाली काङ्ग्रेसले अवरुद्ध गरेको छ । विरगञ्जस्थित विपी उद्यानको नाममा रहेको जग्गा प्रदेश सरकारले कब्जा गर्न खोजेको भन्दै आक्रोशित काङ्ग्रेसले बैठक अवरुद्ध गरेको हो । 

शनिबार बैठक सुरु भएलगत्तै कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले ०४९ सालदेखि नै विश्वेश्वरप्रसाद कोइरालाको नाममा उद्यान सञ्चालन गर्न विरगञ्जमा दिइएको जग्गा प्रदेश सरकारले सहिद स्मृति पार्क निर्माण गर्ने नाममा कब्जा गरि नाम परिवर्तन गरेको आरोप लगाएका छन् । 

यसको छिनाफानो नभएसम्म बैठक अवरुद्ध गर्ने उनले बताए । 

बैठकमा कांग्रेसका सांसदले उठेर विरोध गरेपछि सभामुख सरोजकुमार यादवले फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् । 

विरगञ्जमा विपी उद्यानका लागि छुट्याएको १० बिघा जग्गामा माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सहिद स्मृति पार्क शिलान्यास गरेका थिए । 

प्रदेश सरकारले विरगञ्ज महानगरपालिकाको नाममा रहेको सो जग्गा सहिद स्मृति पार्क निर्माण गर्न निर्माण गर्न लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप