शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा फेरि नेपाली फिल्म अवार्ड

शुक्रबार, १२ जेठ २०७४, २० : ५७
शुक्रबार, १२ जेठ २०७४

अमेरिकामा गतवर्षदेखी सुरुभएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को दोस्रो संस्करण यसवर्ष कोलोराडोमा आगामी अगस्टमा हुने भएको छ ।

आयोजक नेपाल फिल्म सोसाइटी र ग्लोबल फिल्म अवार्डले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिइएको हो । सम्मेलनमा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले विदेशमा हुने यस प्रकारको अवार्ड चलचित्रकर्मीलाई सम्मानमात्रै नभई नेपाली चलचित्रको अन्तराष्ट्रियकरण एवं देशको पर्यटन विकासका लागि पनि आधार पनि हुने बताए ।

नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न, नेपालमा सिनेमा टुरिजमको विकास गर्न, सुटिङ डेस्टिनेशनका रुपमा चिनाउन अमेरिकामा अवार्ड आयोजना गरिएको कार्यक्रममा जानकारी दिइयो ।

– ‘हरेक अवार्ड निर्णायकको दृष्टिकोण र मुल्यांकनका आधारमा हुन्छ तर यो अवार्ड चलचित्र र कलाकारको लोकप्रियताका आधारमा तय गरिने अवार्ड अध्यक्ष मल्लले बताए ।

–‘मेरो लक्ष्य ओस्कार अवार्ड हो । त्यसका लागि ग्लोबल नेपाली फिल्म अवार्डले मलाई एक कदम अघि पु¥याएको अनुभूती भएको छ’, अभिनेता थापाले भने ।

–चलचित्र विकास बोर्डका सदस्य अशोकप्यासी राईले अवार्डलाई सफल बनाउन गतवर्षजस्तै यसवर्ष पनि बोर्डको साथ र सहयोग रहने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेमराज दाहाल
खेमराज दाहाल

खेमराज राजनीतिमा विशेष चासो राख्ने गर्दछन् 

लेखकबाट थप