प्रहरीलाई १०० रुपैयाँ दिन खोज्ने थापा प्रहरी फन्दामा
शनिबार, ०४ फागुन २०७५, १७ : २९
काठमाडौं । शुक्रबार दिउँसो प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाही बाग्मती नगरपालिका राजगढ बस्ने २० वर्षीय सञ्जिव थपा रहेका छन् ।
हेटौंडाबाट काठमाडौं आउँदै गरेको बा.१ ज ३८०१ नम्बरको टाटा सुमो जाँच गर्ने क्रममा चालक थापाले प्रहरीलाई प्रलोभनमा पार्न १ सय रुपैयाँ दिन खोजेका थिए ।
दक्षिणकाली नगरपालिका–५ नारायणस्थानमा चालक थापाले उक्त रकम प्रहरीलाई दिएपछि उनलाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानमा के-के गर्न पाइँदैन ?
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव