बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालको शैयाबाट क्यान्सर पिडित ताराको अनुरोध : मलाई बचाइदिनु

शनिबार, ०४ फागुन २०७५, १६ : ०४
शनिबार, ०४ फागुन २०७५

युएई । विगत १ महिनादेखि पाठेघर क्यान्सरको उपचार गराइरहेकी झापा हल्दिवारीकी ४० वर्षीया तारा गुरूङले आफुूलाई बचाइदिन सबैमा अनुरोध गरेकी छिन् । 

युएईको अलऐनस्थित तवाम अस्पतालमा उपचार गराइरहकी उनको स्वास्थ्य बिमाले औषधीलगायत अन्य उपचार सम्भव नभएपछि आर्थिक सहयोग गर्न सबैमा अपिल गरेकी हुन् । 

विगत ६ बर्षदेखि रोजगारीको सिलसिलामा युएई आएकी गुरूङ गत नोभेम्बरमा सामान्य बिरामी परि उपचारको लागि अस्पताल जाँदा पाठेघरको क्यान्सर भएको थाहा पाएकी थिइन् । 

श्रीमानले अर्को बिहे गरेपछि एक्लो बनेकी २ छोराको तारा माइतीको साहरामा झापामा बस्दै आएकी थिइन् । आफ्ना दुई छोराहरुको उज्वल भविष्यको सपना बोकेर युएई आएकी उनी परदेशी भूमिमा क्यान्सरसँग लडिरहँदा कस्को मन नदुख्दो होला र ? उनी उपचारसँगै एक हप्तोखि तवाम अस्पतालको निःशुल्क आवास गृहमा बस्दै आएकी छिन् । 

अलऐनको एक प्रतिष्ठित क्लिनिङ कम्पनीमा काम गर्दै आएकी तारा आकस्मत यसरी बिरामी पर्दा कम्पनी पनि अन्योलमा पर्यो । कम्पनीले आफ्ना सबै कामदारको बिमा त गरेको थियो । तर बिमा कम्पनीले विविध कारण देखाउँदै ताराको उपचारमा समस्या आएको थियो । 

बिमाको समस्या आएपछि उनी काम गर्ने स्कुलका शिक्षकशिक्षिकाहरूको व्यक्तिगत पहलमा करिब साढे ३ लाख रूपैयाँ अर्थात् (१० हजार दिराम) अस्पतालमा जम्मा गरि उपचार शुरू गराएका थिए । 

उपचारसँगै अस्पतालको निःशुल्क आवास गृहमा बस्दै आएकी उनलाई नेपाली दुतावासको बिशेष पहलमा बिमा नविकरण गराई उपचारमा सहज पारिएको बिरामी कुरूवा सरस्वती बास्तोला बँताउछिन् । मासिक ८ सय दिराम तलबले २ छोराहरूको पढाई, घरखर्चमा नै सकिएकोले बचत नभएको तारा बँताउछिन् ।

झापाली समाज युएईको आजीवन सदस्य तथा क्षेत्रिय समिति अलऐनका सदस्य समेत रहेकी तारालाई झापाली समाज युएईले उपचार सहयोग समिति बनाइ सहयोग गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप