बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिकोणद्वारा क्यान्सर केयर फाउन्डेसनलाई विद्युतीय उपकरण सहयोग

शनिबार, ०४ फागुन २०७५, १४ : ०७
शनिबार, ०४ फागुन २०७५

काठमाडौं–त्रिकोण एडभर्टाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर लगायत विभिन्न विद्युतीय उपकरण हस्तान्तरण गरेको छ । 

कम्पनीको प्रांगण बालुवाटारमा शुक्रबार आयोजित एक समारोहमा कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । 
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फाउन्डेसनलाई सहयोग गरेको हो । 

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाकी महासचिव डा. सरिता घिमिरेले प्रारम्भिक चरणमै स्क्रिनिङ गरी क्यान्सरको सम्भावना टार्ने वा थोरै खर्चमा उपचार गरेर क्यान्सरको त्रासदीबाट सर्वसाधारणलाई पर राख्ने कार्यमा केन्द्रित संस्था विशुद्ध गैरनाफामूलक रहेको तर आर्थिक स्रोतको अभावले लक्ष्य अनुसार अघि बढ्न कठिन भएको बताइन् । 

 अहिलेसम्म उदार मनका दाताहरुकै सहयोगबाट संस्था चलिरहेको पनि महासचिव घिमिरेले जानकारी गराइन् । 

संस्थाका अध्यक्ष सुशील पन्तले स्क्रिनिङ र सचेतनामार्फत क्यान्सर हुनै नदिने उद्देश्यले संस्था स्थापना भएको बताए । 

बेलैमा स्क्रिनिङ गरे सात दिनमा ५ हजार रुपैयाँको ओखतिले क्यान्सरको जोखिमबाट मुक्त गराउने सम्भावना रहेकोले त्यो प्रयासका लागि संस्था स्थापना गरेको उनले जानकारी दिए । 

गत वर्ष छोराको विहे गर्दा भोज नगरीकन फाउन्डेसनलाई २० लाख रुपैयाँ सहयोग गरेका वरिष्ठ अधिवक्ता पन्तले स्रोत, साधन नहुँदा नहुँदै पनि सुरु गरे कहीँ न कहीँ पुगिन्छ भनेर संस्था स्थापना गरेको बताए । 

त्रिकोणका प्रबन्ध निर्देशक अर्यालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी कार्य गर्ने व्यापारिक प्रतिष्ठानहरुलाई फाउन्डेसनलाई सहयोग गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप