शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारको त्यो स्टिरकलाई गिज्याउँदै खुलेआम घुस !

शनिबार, ०४ फागुन २०७५, १३ : ३८
शनिबार, ०४ फागुन २०७५

भक्तपुर । जिल्ला प्रशानसन कार्यालय भक्तपुरको भित्ताभित्ता एउटा स्टिकर टाँसिएको छ, ‘राष्ट्रसेवक कर्मचारीले घुस/रिसवत मागेमा १०७ फोन गर्नुहोला’ । 

सो स्टिकर नापी, भूमिसुधार, मालपोत, यातायात कार्यालय सबैतिर छ । तर त्यही स्टिरकलाई गिज्याउँदै सरकारी कर्मचारीले विभिन्न बहानामा घुुस माग्ने गरेको सेवाग्राहीहरुको गुनासो छ । 

यतिसम्मकी सरकारी कार्यालयमा जडान भएका सीसीटीभीले दृश्य कैद गर्ने भएपछि कर्मचारीहरुले होटल र शौचालयमा गएरसमेत घुसको मोल मोलाई गर्ने गरेको सेवाग्राही बताउँछन् । 

विहिवार दिउँसो जिल्ला प्रशासन भक्तपुरमा कार्यरत एक अधिकृत कैलाश मताछेँ श्रेष्ठ नजिकै रहेको होटलबाट सेवाग्राहीसंग घुस लिएको रकम सहित अख्तियारद्वारा  पक्राउ गरे । 

‘करिब ८ वर्ष गृहमन्त्रलाय बसेका उनी हेर्दा जति सालिन देखिन्छन्, तर व्यवहार भने पैसा भनेपछि मरिहत्ते गर्ने थियो’ जिल्ला प्रशासनकै एक कर्मचारीले भने ।  नागरिता, पासपोर्ट शाखाको जिम्मेवारी भएकाले उनले जिल्ला प्रशासनमा परेको लेनदेनको विवाद मिलाई दिने बाचा गरेका थिए ।

तर  उनीविरुद्ध परेको उजुरीको आधारमा अख्तियारले उनलाई घुससहित नियन्त्रणमा लिएको हो । २५ हजार घुस लिएर होटलको शौचालय छिरेका श्रेष्ठलाई त्यहीँबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । 

श्रेष्ठ नेकपानिकट निजामती कर्मचारी संगठनको गृह मन्त्रालयस्तरीय कमिटीका अध्यक्षसमेत थिए । 

संविधान दिवसमा जनसेवाश्री 
२०७५ असोज २ गते मनाइएको संविधान दिवसमा गृह मन्त्रालयमा कार्यरत उनै श्रेष्ठले प्रवल जनसेवाश्री चतुर्थ पदक राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट लिएका थिए । त्यसपछि उनी २०७५ कात्तिक १४ गते जिल्ला प्रशासन कार्यालयमा हाजिर भए । 
उनलाई हिरासतमा राखी थप छानबिन भइरहेको अख्तियारको भनाई छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप