बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा संकटकाल घोषणा

शनिबार, ०४ फागुन २०७५, १२ : ५२
शनिबार, ०४ फागुन २०७५

 न्यूयोर्क– शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको दक्षिणी सीमामा पर्खाल बनाउनको लागि राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। 

संसदको तल्लो सदनमा बहुमत रहेको डेमोक्रेटिक पार्टीले ट्रम्पको सकंटकाल घोषणालाई कार्यान्वयन हुन नदिन अदालत जाने बताएसँगै अमेरिका एक अनिश्चित कानुनी र राजनीतिक लर्डाइँमा फस्ने देखिएको छ । 

उनले राज्य कोषका अन्य शीर्षकबाट पैसा झिकेर पर्खाल निर्माणमा लगाउनको लागि राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् । अमेरिका र मेक्सिकोबीच ३१४५ किमी लामा सीमा जोडिएको छ । यसमध्ये केही भागमा पहिलेका राष्ट्रपतिहरुले सीमाना पर्खाल लगाएका थिए ।

ट्रम्पले हाल महत्वपूर्ण ३७० किमि लम्बाईको सीमामा पर्खाल लगाउने योजना बनाएका हुन् ।

डेमोक्रेटले कानुनी प्रतिरोध गर्ने
डेमोक्रेट पार्टीका वरिष्ठ नेताहरुले भने ट्रम्पले संकटकाल घोषणालाई ‘शक्तिको निर्लज दूरुपयोग’ र ‘स्वेच्छाचारी कदम’ भनेका छन् ।  

विहीबार अमेरिकी संसद(कंग्रेस)ले पास गरेको बजेट विधयकमा ट्रम्पले पर्खालको लागि माग गरेको रकम नछुट्टाइए पछि ट्रम्पले यो विषम कदम उठाएका हुन् । 

ट्रम्पले चुनावमा गरेको प्रमुख प्रतिबद्धतामध्य एक मेक्सिकोसँग सीमामा पर्खाल बनाउने पनि थियो । तर राष्ट्रपतिको रुपमा उनले हालसम्म उक्त योजनालाई अघि बढाउनको लागि बजेट पाइरहेका थिएनन् ।  
झन् अघिल्लो वर्षमा भएको मध्यवर्ती चुनावमा तल्लो सदनमा उनको पार्टी रिपब्लिकले बहुमत गुमाएपछि उनलाई पर्खाल बनाउन गा¥हो हुने देखिएको थियो ।

ट्रम्पले पटक पटक अमेरिकामा आप्रवासीहरुको प्रवाह संकटग्रस्त स्तरमा पुगेको बताउदैं आएका छन् । उनले दक्षिणी सीमा हुदैं अमेरिकामा ठूलो संख्या ड्रग्स, अपराधीहरु आउने आरोप लगाउने गरेका छन् ।

तर आलोचकहरुले भने सीमामा आप्रवासीहरुको संख्या अघिल्ला दशकहरुको तुलनामा धेरै कम भएको, आएकामध्य पनि बढी कानुनी रुपमै अमेरिका प्रवेश गर्न खोजेको बताउदैं आएका छन् । 

डेमोक्रेटिक पार्टीबाट तल्लो सदनमा सभामुख रहेकी न्यान्सी पेलोसीले पहिले नै ट्रम्पले सकंटकाल घोषणा गरे आफ्नो पार्टीले त्यस विरुद्ध कानुनी चूनौती दिने बताइसकेकी छिन् । 

राष्ट्रिय संकटकालमा के हुन्छ ?
अमेरिकामा संकटको समयमा संकटकालिन अवस्था घोषणा गरिन्छ । हालको सन्दर्भमा संकट अमेरिका–मेक्सिको सीमामा ठूलो संख्याको आप्रवासीहरुको आगमनले ल्याएको ट्रम्पको भनाई छ । 

विज्ञहरुका अनुसार राष्ट्रिय संकटकालमा अमेरिकाको राष्ट्रपतिले केही विशेषाधिकार पाउछन् । यी विशेषाधिकार प्रयोग गरेर उनले सामान्य राजनीतिक प्रक्रियालाई ‘बाइपास’ गर्न सक्छन् । 

ट्रम्पले अमेरिकाको सैन्य अथवा प्रकोप राहत बजेटको केही हिस्सा पर्खालको निर्माणका लागि प्रयोग गर्न सक्ने सम्भावना बताइएको छ । 

के दक्षिणी सीमामा संकटकालीन अवस्था नै छ ?
तथापी अमेरिकाको दक्षिणी सीमाको अवस्थालाई संकटकाल मान्न सकिने नसकिनेबारेमा विवाद छ । 

एकातर्फ, नोभेम्बर महिनामा प्रत्येक दिनजसो दैनिक २००० मानिसहरु सीमामा पक्राउ परिरहेको अथवा फकाईरहेको अवस्था थियो । समर्थकहरुले यो सकंटकालिन अवस्था भएको बताइरहेका छन् । 

अरुले भने यो संख्या एक दशक अघिको भन्दा निक्कै कम रहेकाले संकटकाल लगाउनुपर्ने जरुरी नरहेको बताइरहेका छन् । साथै होण्डुरसबाट लाखौंको संख्यामा अमेरिकातर्फ आइरहेका मािसहरुमध्य अधिकाशंले आफूलाई शरणार्णीको रुपमा प्रस्तुत गरिरहेका छन् । यस्तो समूहलाई अन्तराष्ट्रिय कानुन अनुसार शरण दिनुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप