शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ इलेक्ट्रोनिक्सले ल्यायो‘सामसङ क्यूलेड टिभि’

सोमबार, १६ साउन २०७४, १५ : ०८
सोमबार, १६ साउन २०७४

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले  बहुप्रतिक्षित टेलिभिजन, सामसङ क्युलेड टिभि बजारमा ल्याएको छ । नयाँ सामसङ क्युलेड टिभिमा यसभन्दा अगाडि कहिल्यै प्रयोगमा नआएको हाइ डाइनामिक रेन्ज प्रविधि प्रयोग भएको छ । 
क्युलेड टिभिमा दर्शकले वास्तविक रंग देख्न पाउने सामसङले जनाएको छ । टिभिमा क्वान्टम डट प्रविधि  र शतप्रतिशत कलरको लागि नयाँ मेटल कोर प्रयोग गरिएको छ ।  सुधारिएको अफ एङ्गल भ्यूइङ र ३६० डिग्रीको असीमित डिजाइनले हरेक दृश्यलाई जीवन्त बनाउने र यसमा प्राप्त भएको केवल रिमोट कन्ट्रोलरले घरका हरेक उपकरणहरु सञ्चालन गर्न पनि सकिने बताइएको छ । 
क्युलेड टिभि दुई मोडलमा उपलब्ध छन् । QA55Q7 मोडलको सुरुवाती मूल्य रु ४५०००० र QA65Q8 को मूल्य ६५०००० रहेको छ । दुबै मोडलमा किस्ताबन्दीको सुविधा पनि उपलब्ध गरिएको छ । बुकिङ् अफरमा सुरुवाती मूल्यकासाथ ग्राहकले कुनै पनि सामसङ क्युलेड टिभि QA55Q7  मोडलको खरिद गर्दा सामसङ ग्यालेक्सी एस–८ र QA65Q –८ को खरिदमा एस ८ प्लस मोबाइल प्राप्त गन सकिनेछ । यो अफर हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहसंयोजनमा ल्याइएको हो । बुकिङ अफर यही साउन १७ गतेदेखि ३१ गतेसम्म मात्र रहने छ । दरबारमार्गमा रहेको सामसङ डिजिटल प्लाजामाखरिद गर्दा मात्र यो अफर लागू हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप