शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घोडालाई बोकाएर पानीको जाहो गर्दै डोल्पाका बासिन्दा

शनिबार, ०४ फागुन २०७५, ०८ : १२
शनिबार, ०४ फागुन २०७५

डाेल्पा - त्रिपुरासुन्दरी नगरपालिका, ३ सूँ गाउँमा खानेपानीको हाहाकार छ । गाउँका पानी मुहान सुकेपछि पानी अभाव भएको हो । मुहान सुकेपछि स्थानीयले गाउँदेखि परको मुहानबाट घोडामा बोकेर खानेपानी ल्याउन थालेका छन् । सूँ गाउँमा सयभन्दा बढी घरधुरी छन् ।

मूल सुकेपछि पानीको हाहाकार भएको सूँ गाउँका सन्तराज धरालाले बताए । गाउँबाट आधा घण्टाको दूरीमा रहेको मुहानमा घण्टौँ लाइन बसेर पानी भर्नुपर्ने र घोडा तथा खच्चडलाई बोकाएर पानीको जोहो गरिरहेको स्थानीय फुला डाँगीले सुनाइन् ।

पुखौँदेखि उपभोग गर्दै आएका पानीको मुहान एकाएक सुक्न थालेपछि सूँ गाउँमा खानेपानीको समस्या बढ्दै गएको डाँगीले बताइन्् । झुलारामा रहेको सानो मूलबाट पालैपालो पानी थापेर गुजरा चलाउँदै आएका स्थानीय त्यो मूल पनि सक्न थालेपछि झन् चिन्तित बनेका छन् । यो समाचार टेकबहादुर शाहीले अन्नपूर्णमा लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप