काठमाडौं उपत्यकाकाको फोहोर व्यवस्थापन गर्न वार्षिक १० करोड खर्च
शनिबार, ०४ फागुन २०७५, ०७ : ३४
काठमाडाैं - स्थानीय निकायले फोहोर ढुवानी गर्दा वार्षिक करिब १० करोड रुपियाँ खर्च हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी लागत काठमाडौं महानगरपालिकाको लाग्ने गरेको छ । महानगरपालिकाले मात्रै वार्षिक करिब ५ करोड रुपियाँ खर्च गर्ने गरेको छ ।
फोहोर व्यवस्थापनबाहेक ढुवानी गर्दा लाग्ने लागत अत्याधिक देखिएको छ । कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले ढुवानीमा मात्र वार्षिक करिब ५ करोड रुपियाँ खर्च हुने गरेको जानकारी दिनुभयो ।
कामपाको टेकुस्थित ट्रान्फर स्टेसनबाट सिसडोलसम्म २७ किलोमिटर दूरी रहेको छ । फोहोर ढुवानीमा ललितपुर महानगरपालिकाले वार्षिक ९५ लाख रुपियाँ खर्चिने गरेको छ । उपत्यका र आसपासका १८ स्थानीय निकायले सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने गरेका छन् । यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ