ad
x

अब नेपालले आफ्नै भू-उपग्रह प्रयाेग गर्ने

person explore access_timeफागुन ४, २०७५ chat_bubble_outline0

काठमाडौं - नेपालको पहिलो भूउपग्रह तयार भएको छ । जापानस्थित क्यूसु इन्स्टिच्युट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘नेपाली स्याट १’ ना दिइएको भू उपग्रह निर्माण सम्पन्न भएको जानकारी दिएको हो ।


जापानमा रहेका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति सुनीलबाबु श्रेष्ठलाई भू उपग्रह तयार भएको जनाएका छन् । ‘आज क्यूटेक र वडर््स प्राजेक्टका पदाधिकारीको उपस्थितिमा उपग्रह निर्माण कार्य  सम्पन्न भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । यो दिन हाम्रा लागि ऐतिहासिक दिन हो ।’ शुक्रबार नै क्युटेकका अध्यक्ष यूजी ओईएले उपकुलपति श्रेष्ठलाई भू उपग्रहको प्रतिमा हस्तान्तरण गर्दै नेपाललाई बधाई दिए । यो समाचार गोविन्द पोखरेलले कान्तिपुरमा लेखेका छन् ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X