हिरो गोल्डकप : नेपाल उपविजेतामै सीमित
काठमाडौँ-भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सिमित बनेको छ ।
भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा आज भएको फाइनल खेलमा नेपाल म्यान्मासँग ३–१ गोलअन्तरले पराजित भएको हो । म्यानमाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरेको हो । म्यानमाका लागि यि यी ओले गोल गरेकी हुन् । लगत्तै पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले गोल गरी खेल बराबरीमा ल्याइन् । दोस्रो हाफमा म्यानमाले थप दुई गोल ग¥यो । खेलको ५३औँ मिनेटमा वीन तुन तथा ६३औँ मिनेटमा पुनः यी यी ले गोल गरेकी हुन् ।
नेपाल र म्यानमा चार महिनायता तेस्रो पल्ट भिडेका हुन् । गत नोभेम्बरमा म्यानमाको राजधानी याङ्गुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एसियाली छनोटको पहिलो चरणमा नेपालले म्यानमाविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । नेपाल हिरो गोल्डकप प्रतियोगिताको समूह चरणको खेलमा म्यान्मासँग ३–० गोलअन्तरले पराजित भएको थियो ।
यसैबीच भूटानमा जारी जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेको छ । आज भएको खेलमा आर्मीले भुटानको थिम्पु सिटीलाई ६–० गोलअन्तरले पराजित ग¥यो ।
जितसँगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले दुई, नवयुग श्रेष्ठ, विमल पाण्डे र सन्तोष तामाङले एक–एक गोल गरे । खेलको पाँचौ मिनेटमा कप्तान भरत खवासले, ३१औँ मिनेटमा नवयुग श्रेष्ठले, ३६औँ मिनेटमा भरत तथा ४५औँ मिनेटमा विमल पाण्डेले गोल गरेका थिए । दोस्रो हाफपछि आर्मीका लागि ७७औँ मिनेटमा सन्तोष तामाङले गोल गरे । प्रतियोगितामा आयोजक भूटानका ६, नेपालका दुई र भारतका चार क्लब सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिमा विकास बैंक र टानगण्डकीबिच व्यवसायिक सम्झौता
-
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण
-
एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता
-
८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ यो दालमा
-
एभरेस्टको फिस मसलामा ‘पेष्टिसाइड’
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने