
ADVERTISEMENT
भक्तपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु

भक्तपुर– भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ४३१७ नं को ट्रकले आज ठक्कर दिँदा सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ६२ वर्षीय मिथिलेशप्रसाद उपाध्यायको मृत्यु भएको छ ।
मध्यपुरथिमिको चारदोबाटोमा बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिँटदा उहाँको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।
ठक्कर दिई फरार भएको ट्रकलाई प्रहरीले सल्लाघारीस्थित सृजनानगरबाट नियन्त्रणमा लिए पनि चालक भने फरार छन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ