मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्पर्श लघुवित्तलाई शेयर बिक्रीको अनुमति

शुक्रबार, ०३ फागुन २०७५, २१ : ०५
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौँ-नेपाल धितोपत्र बोर्डले स्पर्श लघुवित्त वित्तीय संस्थालाई रु दुई करोड ६९ लाख ६३ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । 

बोर्डले आज सो संस्थालाई दुई लाख ६९ हजार ६३० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो संस्थाको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ । संस्थाले रु १०० दरका साधारण शेयर बिक्री गर्नेछ । बोर्डले चालू आवको हालसम्म कूल १५ संस्थालाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । केही दिनपहिले मात्रै बोर्डले माउण्टेन हाइड्रो नेपालाई साधारण शेयर बिक्रीको अनुमति दिएको थियो । सो कम्पनीले १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । स्थानीयवासीलाई बिक्री गर्दा बाँकी रहेको पाँच लाख ६६ हजार ११० कित्ता शेयरसमेत सर्वसाधारणलाई बिक्री गर्ने गरी अनुमति दिइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप