बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओली सरकारले गफ गर्यो, काम गरेन : काङ्ग्रेस सभापति देउवा

शुक्रबार, ०३ फागुन २०७५, १९ : ५४
शुक्रबार, ०३ फागुन २०७५

भक्तपुर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारले गफ गर्ने बाहेक केही काम नगरेको आरोप लगाएका छन् । 

नेपाली काँग्रेस जिल्ला समिति भक्तपुरले शुक्रबार थिमीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘भाषण गरेर मात्र देश बन्दैन, गफले देश बन्ने भए पहिल्यै बनिसक्थ्यो ।’

उनले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै जनचाहना अनुरुप विकासमा फड्को मार्नुपर्ने बताए । सभापति देउवाले सरकार गति र विधि तथा संवैधानिक प्रकृयाबाट विमुख भएको आरोप समेत लगाएका छन् । 

सरकारका नयाँ कामले गति नलिएको र सरकार विधिसम्मत ढंगले नचलेको पनि उनले बताए । सभापति देउवाले सरकारले एक बर्षको अवधिमा जिम्मेवारीका साथ महत्वपूर्ण र दुरगामी काम गर्न नसकेको बरु चिकित्सा शिक्षा विद्येयक जर्बजस्ती पास गरेको, निर्मला पन्त हत्याको दोषीलाई कारवाही गर्न नसकेको बताए ।

विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘कर वृद्धि, महँगी र भ्रष्टाचार सरकारको जनउपहार भएको छ, चौतर्फी रुपमा सरकार असफल र अलोकप्रिय भयो ।’ 

त्यस्तै कार्यक्रममा नेता कृष्ण सिटौलाले जनताले आशा गरेजस्तो काम सरकारले गर्न नसकेको र चरम राजनीतिकरणमार्फत राज्य संयन्त्रका सबै निकायलाई कमजोर र आफू अनुकुल बनाउन लागेको आरोप लगाए । 

कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले सरकार सबै क्षेत्रमा जर्बजस्ती ढंगले अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको बताउँदै यसको विरोध देशभर गर्नुपर्नेमा जोड दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप