सैनिक मुख्यालय जङ्गी अड्डा प्लाष्टिक मुक्त क्षेत्र घोषणा
काठमाडौँ । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा परिसरमा आज आयोजित विशेष कार्यक्रम सैनिक मुख्यालयलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
सो अवसरमा प्रधानसेनापति थापाले साङ्गठनिक रुपमै प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने अभियानलाई व्यारेक इकाइसम्म कार्यान्वयन गर्न निर्देशन दिए । उनले प्लाष्टिकजन्य वस्तुलाई निषेधित गर्न र पुनःप्रयोगमा ल्याउन सकिने वस्तुको उचित व्यवस्थापन सम्बन्धीत विभागलाई निर्देशनसमेत दिए ।
प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन २०७५ मा वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिबद्धताअनुसार उक्त कार्यक्रम शुरु गरिएको नेपाली सेनाले जनाएको छ । प्लाष्टिक निषेधित क्षेत्र घोषणा कार्यक्रमका अवसरमा नेपाली सेनाका रथीवृन्द, अधिकृत र अन्य दर्जाहरुले जङ्गी अड्डा परिसरमा सरसफाइसमेत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप