शिवम् सिमेन्टको आइपिओ फागुन ६ गतेदेखि, न्यूनतम ५० कित्ता देखि आवेदन दिन सकिने
काठमाडौं–शिवम् सिमेन्टले फागुन ६ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रभावित सहित सर्वसाधारणको लागि शेयर निष्काशन गर्न लागिएको जनाएको हो ।
कम्पनीले यस अगाडि निर्धारण गरेको प्रिमियम मूल्य घटाएको छ । शिवम्ले सर्वसाधारणका लागि प्रति शेयर ३ सयका दरले ४१ लाख २० हजार कित्ता र आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि प्रति शेयर २ सयका दरले ५ लाख ७९ हजार ६ सय ८० कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रमा शेयर निष्काशन गर्दा पूर्ण आवेदन नपरेपछि प्रिमियम मूल्य घटाएर शेयर निष्काशन गर्न लागिएको कम्पनीले बताएको छ । जसअनुसार आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रति शेयर १ सय रुपैयाँमा १सय रुपैयाँ प्रिमियम सहित २ सय रुपैयाँ र सर्वसाधारणको लागि प्रति शेयर १सय रुपैयाँमा २ सय रुपैयाँ प्रिमियम सहित ३ सय रुपैयाँमा शेयर निष्काशन गर्नेछ ।
कम्पनीले सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत तथा मेरो शेयर प्रयोग गरेर समेत आवेदन दिन सकिने जनाएको छ । कम्पनीले छिटोमा फागुन ६ गतेदेखि ढिलोमा चैत्र ५ गतेसम्म आइपिओ निष्काशन गर्ने जनाएको छ ।
आइपिओ निष्काशनको प्रकृयाले गर्दा गत वर्षको साधारणसभा गर्न नसकेको कम्पनीले जनाएको छ । प्राथमिक शेयर निष्काशन भएसँगै कम्पनीले साधारणसभाबाट प्राथमिक शेयर धनीहरुलाई समेत १० प्रतिशत भन्दा धेरै नगद लाभांस दिने योजना बनाएको छ ।
गत आर्थिक वर्षमा १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको कम्पनीको प्राथमिक शेयर निष्काशन अगाडिको चुक्ता पूँजी ३ अर्ब ८२ करोड रुपैयाँ छ । त्यसैगरी जगेडा कोष ९७ लाख ९८ हजार रुपैयाँ ऋणात्मक छ । यस आधारमा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ रहेको छ ।
सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सीमा २६.४ प्रतिशत लगानी गरेको शिवमले होङ्सीको आम्दानी आउन थालेपछि भने प्रतिशेयर आम्दानीमा सुधार हुँदै जाने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो