प्रथम क्यास्पियन कपमा टियुलाई अर्को सफलता
काठमाडौं– प्रथम क्यास्पियन कप इन्टर कलेज टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार टियु विजयी भएको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टियुले निस्ट कलेजलाई ८ विकेटले हरायो । टर हारेर पहिले पहिले ब्याटिङ गरेको निस्टले १९.३ ओभरमा विै विकेटको क्षतिमा ८८ रन बनाएको थियो । ८९ रनको विजयी लक्ष्य पछ्याएको टियुले १२.४ ओभरमा २ विकेटका क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
टियुको जितमा रविन जोशीले सर्वाधिक ४३ रन बनाए । सुसान्त तिमल्ेसनाले अविजित ३२ र नरेश चन्दले १२ रन जोडे । बलिङमा निष्टका कमल ओली र मनसोन सिंहले एक एक विकेट लिए । यसअघि निस्टका लागि दिपक बोहोराले २८ रन बनाए । टेक सलामीमगरले २०, सोहन यादवले १४ तथा अभिनास सिंह र रणवीर यादवले १०–१० रन बनाए । बलिङमा टियुका हरिकृष्ण झाले तीन विकेट लिए । हरिकृष्ण म्यान अफ दी म्याच घोषित भए । बसन्त खत्रीले दुई तथा लोकेन्दै चन्द र रामबहादुर चन्दले एक एक विकेट लिए ।
प्रतियोगितामा विभिन्न १६ टोलीले भाग लिएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । आठ दिने प्रतियोगितालाई सिजी ग्रुुपको वाईवाईले मुख्य प्रायोजन तथा यामाहा कम्पनीले सहप्रायोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ