१ करोडको लगानीमा चितवनमा “प्रेसिडेन्ट सेकुवा”
चितवन–पर्यटकीय नगरी चितवनको सदरमुकाम भरतपुरमा खानाको स्वादका पारखीहरुका लागि नयाँ रेष्टुरेन्ट “प्रेसिडेन्ट सेकुवा” सोमबारदेखि सञ्चालनमा आउने भएको छ ।
घरकै शैलीमा फरकपनसहित मौलिक खानाका परिकारहरुसहित राजधानी काठमाडौँमा चर्चीत बनेको “प्रेसिडेन्ट ग्रुप अफ होटल” को आठौँ शाखा चितवनको भरतपुरमा सञ्चालन आउन लागेको हो ।
प्रेसिडेन्ट ग्रुप होटल अन्तर्गत २०६३ सालबाट सामान्य किराना पसलसहित सुरु भएको प्रेसिडेन्ट ग्रुप अफ होटलले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आठौँ शाखा भरतपुरमा संचालन गर्न लागिएको जानकारी दिएको हो ।
प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक शंकर भण्डारीले चितवनवासी र यस वरपरका खानाका पारखीहरुलाई ध्यानमा राख्दै प्रेसिडेन्ट सेकुवाको शाखा खोलेको बताए ।
बजारमा सञ्चालन भइरहेका सेकुवा कर्नरहरुको भीडमा छुट्टै विशेषतासहित आएको उनले स्पष्ट पारे । नयाँ शाखाको सबै तयारी पूरा भएको र फागुन ६ गतेदेखि सञ्चालनमा आउने उनले बताए । शुभारम्भकै अवसरमा ५ गते प्रेसिडेन्टको खानाका स्वाद चाख्ने कार्यक्रम राखेको उनले बताए । प्रेसिडेन्टको राजधानीमा ६ वटा तथा भ्याली बाहिर लुम्बिनीमा एउटा शाखा सञ्चालनमा छ ।
शाखालाई कलात्मक आट्र्सले श्रृगारिएको छ । जसले प्रेसिडेन्टको स्वाद लिन आउने ग्राहकहरुलाई आर्कषित गर्ने अध्यक्ष भण्डारीको दावी छ । सेकुवालाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको प्रेसिडेन्ट सेकुवामा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने भण्डारीले बताए ।
एक करोड लगानीमा संचालनमा हाउन लागेको प्रेसिडेन्टको भरतपुर शाखामा किड्स प्ले रुम, व्यवसायिक मिटिङ, वार्षिक साधारण सभा तथा शुभकार्यका लागि पूर्ण एसीसहितको हलको व्यवस्था हुने सञ्चालक भण्डारीले बताए ।
प्रेसिडेन्ट सेकुवामा ठूलो स्कृनमा लिरिक्स हेर्दै गीत गाएर मनोरञ्जन लिने जापानीज शैली ‘काराओके’ समेत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)